ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले सरकारले अवसर दिए निजी क्षेत्रले देशमा समुन्नति ल्याउने बताउनुभएको छ ।
मङ्गलवार महासङ्घको ५७ औँ वार्षिक साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो धारणा राख्नुभएको हो । उहाँले उद्योगी तथा व्यवसायीबीचको सहकार्य सर्वसाधारण र सरकारको समुन्नतिका लागि हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष गाेल्छाले पछिल्लो समय अर्थतन्त्रमा देखिएको निराशा लामो समय नरहने उल्लेख गर्नुभयाे । उहाँले तत्कालका लागि व्यवसायमा कठिन भए पनि व्यवसायीले नै देशमा सम्मुन्नति कोर्ने दाबी गर्नुभयो । उहाँले विभिन्न देशमा भएको अर्थतन्त्रको उदाहरण दिँदै नेपालले पनि अर्थतन्त्रको क्षेत्रमा सुधार गर्न सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अर्थतन्त्रमा अहिले निराशा छ र यो हटेर जान्छ । अहिले व्यवसायी कठिनमा छन् तर सम्मुन्नतिको बाटो हामीले नै कोर्नेछौँ । यो मेरो कल्पनामात्रै होइन, विगतमा हामीले पुष्टि गरेर देखाएका छौँ ।अब मैले उद्योग वाणिज्य महासङ्घलाई काबिल नेतृत्वकाे हातको जिम्मा लगाउँदैछु । महासङ्घले निर्बाध काम गर्न पाऔँ । उद्योगमन्त्रीले अवसर सिर्जना गरिदिनुपर्छ । व्यवसायीको खुट्टामा जन्जिर लगाउने सुविधा छैन । व्यवसायीको सहकार्य सरकारविरुद्धको आन्दोलनमा कहिल्यै नहोस् । सरकार र व्यवसायीको सहकार्य सर्वसाधारणका लागि होस् । सरकारले हामीलाई सहयोग गरोस्, देशमा समुन्नति लिएर आउँछौँ । यो सम्भव छ ।’
अध्यक्ष गोल्छाले नेपालजस्तै देश बङ्गलादेशले सन् २०१० यता निर्यात १८ अर्बबाट ४० अर्ब पुर्याउन सकेकाे, ३० वर्षअघि एक सय दिनको अवधिमा आठ लाख मानिस गुमाएको रुबान्डाले २० वर्षयताको वार्षिक आर्थिक वृद्धिदर औसत आठ प्रतिशत गर्नसकेको भन्दै नेपालले पनि गर्नसक्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।