सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
सप्तरी – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा रहेको भारदह मन्दिर अब पर्यटकीय स्थल बन्ने भएको छ ।
वन तथा पर्यटनमन्त्री रामनरेश राय यादवले मन्दिरको उत्तरतर्फ रहेको भारदहलाई एउटा सुन्दर तालको रुपमा परिणत गर्ने घोषणा गर्नुभएको छ ।
बडा दसंैको सप्तमी तिथिको अवसरमा मंगलबार भारदहको कंकालिनी मन्दिरमा दर्शन तथा अवलोकन गर्ने क्रममा मन्त्री यादवले यस्तो घोषणा गर्नुभएको हो । उहाँले आउँदो बजेटबाट मन्दिरमा वृहत वृक्षारोपाण समेत गर्ने बताउनुभयो ।
पूर्वी नेपालको प्रसिद्ध शक्तिपीठमध्ये भारदहको कंकालिनी मन्दिर पनि एक भएको बताउँदै मन्त्री यादवले यसलाई थप व्यवस्थित गरी पर्यटकीय स्थलको रुपमा स्थापित गर्ने बताउनुभयो ।
उहाँसँगै रहनुभएका सामाजिक विकास मन्त्री नवलकिशोर लगायतले मन्दिरको दर्शन तथा पूजापाठ गरेर कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको अवलोनक समेत गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।