डिजिटल प्रविधिमा पहुँच बढाउन विद्युतीय सुशासन ब्लुप्रिन्टको मस्...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ – सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लबले केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
ललितपुरको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराउँदै सातदोबाटोले फाइनलमा स्थान बनाउँदा अर्को खेलमा मच्छिन्द्रले आयोजक केपी ओली फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा मच्छिन्द्रले केपी ओली फुटबल क्लबलाई पराजित गर्ने क्रममा १९ औँ मिनेटमा विमल घर्ती मगरले गरेको गोल नै निर्णायक बनेको हो । विमल ह्यामस्ट्रिङको समस्या भोग्दै निर्धारित ९० मिनेटभन्दा अघि नै मैदानबाट बाहिरिएका थिए ।
यस्तै यसअघि भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित समयमा आर्मी र सातदोबाटोबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिइएको थियो । पेनाल्टीमा सातदोबाटो सफल भएको हो । हिजो आइतवार वर्षाले प्रभावित यी दुई टोलीबीचको पहिलो सेमिफाइनल खेलको दोस्रो हाफ आज सोमवार फेरि खेलाइएको थियो ।
प्रतियोगिताको फाइनल खेल बुधवार हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले एक लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । विधागतरूपमा उत्कृष्ट गोलकिपर र फरवार्डले समान ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रत्येक खेलको विजेता टिमले २५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । साथै प्रत्येक खेलका 'प्लेयर अफ द म्याच' ले १५ हजार रुपैयाँ पुरस्कार जित्नेछ । उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार जित्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।