सम्पत्ति शुद्धीकरणको 'ग्रे लिस्ट' मा परेसँगै अन्तर्राष्ट्रिय वित्तीय कारोबार समस्यामा

 फागुन ११, २०८१ आइतबार १५:३२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सम्पत्ति शुद्धीकरणको जोखिमयुक्त देशको सूचीमा परेसँगै अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा समस्या आउनसक्ने विज्ञहरूले बताएका छन् । गएकाे शुक्रवार फ्रान्समा सम्पन्न 'फाइनान्सियल एक्शन टास्क फोर्स' को बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा लगानीसम्बन्धी 'ग्रे लिस्ट' मा राखेको हो ।

कुनै देश 'ग्रे लिस्ट' मा परेको छ भने उससँग धेरैले कारोबार नै गर्न चाहन्नन् । यदि गरे भने पनि त्यसमा उच्च जोखिमको 'प्रिमिअम' लागत जोडिन्छ । त्यसले देशको समग्र अर्थतन्त्र नै उच्च लागतको बन्न जान्छ । अब रेमिट्यान्स भित्र्याउँदा लाग्ने लागत पनि बढ्ने सम्भावना हुन्छ । त्यसबाट धेरै नेपाली प्रभावित हुन सक्छन् । यस्तै हरेक आयातका लागि प्रतिपत्र वा 'एलसी' खोल्नुपर्छ ।

'ग्रे लिस्ट' मा परेको देशका लागि त्यस्तो 'ग्यारेन्टी' लिने काम नै असहज र धेरै लागतयुक्त बन्न पुग्छ । यस्तै अन्तर्राष्ट्रिय वित्त बजारबाट 'ग्रे लिस्ट' मा रहेको देशका बैंक तथा अन्य सङ्घ–संस्थाका सम्बन्धविच्छेद हुन थाल्छन् । त्यसको परिणाम अर्थतन्त्रको हरेक क्षेत्रमा पर्न सक्छ ।

यस्तै आयात र निर्यात तथा पर्यटकले विदेशबाट गर्ने भुक्तानीमा पनि समस्या हुन सक्ने विज्ञहरू बताउँछन् । समग्र देशको शाख नै समस्यामा पर्ने भएकोले अन्तर्राष्ट्रिय सहयोग पनि प्रभावित हुन सक्छ । वैदेशिक लगानी पनि जोखिममा पर्न सक्छ ।

नेपाल आउँदो दुई वर्षका लागि यो सूचीमा परेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालले 'ग्रे लिस्ट' बाट बाहिर निस्कनका लागि दिइएका सुझावहरूलाई समेट्ने काम शुरू गरिसकेको बताउनुहुन्छ ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया