सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
सप्तरी – जीवित बच्चालाई मृत्यु भएको घोषणा गरी पोष्टमार्टम कक्षमा राखेको भन्दै आफन्तले अस्पतालमा तोडफोड र प्रदर्शन गरेका छन् ।
सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा जीवित बच्चालाई मृत घोषणा गरी पोष्टमार्टम कक्षमा लगेको भन्दै शनिबार अस्पतालमा प्रदर्शन र तोडफोड भएको हो ।
सप्तरीको रुपनी गाउँपालिका ६ निवासी अशोक साहका १८ महिने छोरा अरब साह सर्पदंशको घटनामा परेपछि गएराति उपचारका लागि अस्पतालमा ल्याइएको थियो । तर अस्पतालले मृत घोषणा गरी पोष्टमार्टमा राखेको र शनिबार बिहान गाउँले महिलाहरु आएर बच्चालाई हेर्न जाँदा आँखा खुलेको र थुक निस्किरहेको देखेपछि आफन्त र स्थानीयवासीले अस्पतालमा प्रदर्शन र तोडफोड गरेका हुन् ।
उनीहरुको प्रदर्शनका कारण बिहानैदेखि अस्पतालको अवस्था तनावग्रस्त भएको छ । अस्पतालको आकस्मिक कक्षको सेवा समेत प्रभावित हुँदा बिरामीहरु दोहरो मारमा परेका छन् ।
बच्चालाई तत्कालै एम्बुलेन्सबाट उपचारका लागि सर्पदंश उपचार केन्द्र चोहर्बा सिरहा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मनोज प्रसाद देवकोटा कालिकोट
Sept. 24, 2018, 12:38 p.m.कठै मेरो देश भगवान् भनेर चिनिने डाक्टर को गतिविधि देख्दा मेरो मन एक मिनेट पनि थाम्न सकिएन , कसरी जिउने हो यो स्वार्थी संसारमा । यस्तो काममा लाग्ने डाक्टर लाई फोजदारी अभियोग मा जेल हालेर उसको बानी सुधार्नु पनि आवश्यक छ । त्यसको साथै उसको डकुमेन्ट पनि हेर्नु नक्कली हुन सक्छ हेर्नु उपयुक्त होला कि
अनिल बर्मासाखा
Sept. 23, 2018, 11:39 p.m.मृत्यु भई सकेपछि पनि आँखा खुला हुन्छ ! मुखमा फिज जम्मा हुन्छ ! यो साधारण मृत्यु हैन, सर्पदन्शको केस हो, घटनाको बिस्तृत जान्कारी र ज्ञान भएपछी मात्र कमेन्ट गरौ ! नकारात्मक सुचनाको सम्प्रेषण नगरोऔ!
raz
Sept. 23, 2018, 7:55 p.m.कठै देशको बिडम्बना।। गलतलाइ गलत भन्न पाइन्न यो देशमा।।। जिउँदो र मरेको छुट्ट्याउन नसक्ने डाक्टरलाई कारबाही गर्न संहिता बनाउँदा अस्पतालको सेवा ठप्प पार्ने ति डाक्टरका नेताले यसलाइ चैँ कसरी व्याख्या गर्छन??
chakra
Sept. 22, 2018, 9:30 p.m.गाह्रो छ , कसलाई के भन्नु /
chhatra rai
Sept. 22, 2018, 7:51 p.m.कारवाहि गर्नखोजे फेरिसबै डा. हरु मिलेर देशको पुरै सेवा ठप्प अनि के गर्ने होला !! कठै... हाम्रो देशको हालत् । यस्तो लोकतन्त्र कसैलाई नलागोस ।
hemanta timsina
Sept. 22, 2018, 7:48 p.m.कस्को कारणले यस्तो गल्ती भयो त्यसलाई कडा भन्दा कडा सजाय हुनुपर्छ । सरकारले सजाय गर्न सक्दैन भने जनताले दिनेछ सजाय । जनताको सजाय त मृत्यु डण्डनै हो।
Mohammed Ali
Sept. 22, 2018, 7:47 p.m.Don't panish you think most after dission
Raj kumar Thakur
Sept. 22, 2018, 7:46 p.m.भगवानले ती बच्चालाई रक्षा गरुन।डाक्टरलाई भगवान मानिने यो समाजमा यस्तै काम-चोर तथा वास्ता नगर्ने डाकुहरुले गर्दा यो पेशा कलङकित भएछ।यास्ता डाकुहरुलाई समयमै सरकारले जाकिरबाट हटाई सख्त कारवाही समेत गर्रियोस। कि भविस्यमा यस्ता घटना पुन नघटोस।
Surya L. Maharjan
Sept. 22, 2018, 7:29 p.m.यस्ता खालका खबर सुन्दा घीन लाग्छ , तल्लो तहको कुरा के गर्नु ? सरकारको कुरा पनि के गर्नु खै ?
Dilli bahadur oli
Sept. 22, 2018, 7:27 p.m.not good नालायक सरकार अति नराम्रो
Bisal poudel
Sept. 22, 2018, 7:25 p.m.नेपालमा कोही मान्छे सुरक्षित छैन /
Bhuwan kattel
Sept. 22, 2018, 7:22 p.m.यो समचार पढेर सारै नै दुख लाग्यो। यहाँ गरिब जनता सधै भरी अन्यायमा परेका छन।दोसिलाइ किन कामकारबाही हुदैन।यसैले लापरबाही धेरै हुन पुगो।
टेकराज आचार्य
Sept. 22, 2018, 7:19 p.m.आरक्षण को प्रसाद हुनसक्छ ।
रेग्मी भरत
Sept. 22, 2018, 7:10 p.m.जिवित बच्चा भएको प्रमाण मिले मृत घोषणा गनॅ डा को NMC खारेज गरि जन्म कैद जेल हाल्नु पछॅ।
Tyo doctor lai karvai hunu parxa
Sept. 22, 2018, 7:09 p.m.कारवाही हुनुपर्छ /
जिबन चौधरी
Sept. 22, 2018, 7:08 p.m.मेरो देशको doctor यस्तो छि ।आउदैन भने toilet सफा गर्ने काम खोज्दा राम्रो हुन्छ ।
Amit
Sept. 22, 2018, 7:05 p.m.नक्कली डाक्टरलाई राख्नुपर्छ, नक्कली डाक्टर ले सेवा प्रदान गर्न पाउनु पर्छ भनि अान्दाेलन गर्ने हामी नेपाली अनि कसरी पाईएला र खै राम्रो सेवा/
राजेन्द्र रेग्मी
Sept. 22, 2018, 6:53 p.m.अब येस्ता डाक्टर लाई कारबाही गर्ने कि नगर्ने आफैं भन्नू होस
Aayusha
Sept. 22, 2018, 6:53 p.m.This is the result of low level class medical colleges and universities in Nepal.
द्वारिकालाल
Sept. 22, 2018, 6:49 p.m.यो बच्चालाई मरेको भन्ने डाक्टरको चिकित्सक अनुमती सदाको लागी रद्द गरि जेल हाल्नु पर्छ । सक्छौ ओई हुतिहाराहरु ?
बिबेक नेपाल
Sept. 22, 2018, 6:46 p.m.कठै देशको बिडम्बना।। गलतलाइ गलत भन्न पाइन्न यो देशमा।।। जिउँदो र मरेको छुट्ट्याउन नसक्ने डाक्टरलाई कारबाही गर्न संहिता बनाउँदा अस्पतालको सेवा ठप्प पार्ने ति डाक्टरका नेताले यसलाइ चैँ कसरी व्याख्या गर्छन?? कि यसलाइ Miracle in medical science भन्छन???
केशब बिस्ट
Sept. 22, 2018, 6:37 p.m.यदि यो कुरा सही हो भने यस्तो मानिसको जिंदीकी संग लापरवाही गर्ने डॉक्टर लाई कड़ा भन्दा कड़ा कारवाही गर्नुपर्छ र यो मान्छे जिबित छ र मरेको छ भन्ने छुट्यौन नसक्ने डाक्टरलाई के डॉक्टर भन्ने। तुरन्त यस्ता डाक्टरलाई सरकारले बर्खास्त गर्नुपर्छ ।
Mohindra Dhagurang
Sept. 22, 2018, 6:22 p.m.के गर्ने त, चोरलाइ चोर, ठगलाइ ठग, भनि कारबाही गर्न नपाइने र नसक्ने देस हो यो ।बलत्कारी,हत्यारा पुलिसको बीच हराउछ । डाँका र लुटेरा पुलिसको पकेटको मसल हो यहाँ । अनि डाक्टरहरु जो उपरी संरचनाका उपरी प्राणी अरे उसले कसलाइ बचाउन मन लागे बचाउछ मार्न मन लागे मार्छ।यो उसको मर्जी हो ।तर कोही कसैले उसको गल्तीमा औंला उभ्याउन नपाउने, आवाज उठाउन नपाउने गरि कानूनमा ताल्चा बनाएका छन्। सरकार त लुतुक्कै हारेर टाङ मुनी पुच्छर हाली भाग्यो । जो गल्ति गरेमा कारबाही हुने भन्ने कानूनी हरफ नमेटाए लेखकको हात काटीने पारे ।
Chandra bantawa
Sept. 22, 2018, 6:22 p.m.अब यो घट्नामा देवानी लागू हुन्छ या हुदैन ???
मनोज दहाल
Sept. 22, 2018, 6:04 p.m.जिउदो र मृत शरीर समेत छुट्याउन नसक्ने गरिको चरम लापरबाही गर्ने जो कोहि लाई कारबाही होस अनि लापरबाही गरि उपचार गर्ने डाक्टर लाई सजायको भागिदार बनाउने गरिको कानुन "अपराध संहिता 2074" को बिरोधमा अस्पतालको सेवा बन्द गर्ने डाक्टर हरुका नेताले यो घटनाको जवाफ दिउन ।