डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
मोरङ – २०३६ सालमा जन्मिएकी गायिका गंगा गौतम आचार्य अहिले इटहरीमा बस्दै आएकी छन् ।
१४ वर्षदेखि गीत गाउन थालेकी गंगाले पूर्वमा एउटा थति बसाइन्, जुन पूर्वेलीले लोक दोहोरी गाउन सक्छन् भन्ने । उनले गीत गाउने र अरुले गीत गाउने तरिका फरक छ । उनले गाएको गीतको प्रशंसकहरु पनि एक नम्बर प्रदेशमा मात्र छैनन्, उनले देशका धेरै स्थानमा पुगेर गीत गाइसकेकी छिन् ।
पूर्वकी छोरी पश्चिमी गीतको प्रभावले अहिले उनी पूर्वेली गीतमा भन्दा पनि गण्डकी क्षेत्रका गीतमा रुचि राख्छिन् । उनी भन्छिन्, ‘म अलिक बढी पश्चिमेली गीत गाइरहेकी छु, लाइभ कार्यक्रमहरुमा दोहोरी गाउन जाँदा निक्कै नै रमाइलो हुने भएकोले लाइभमै गाउँछु ।’ गंगाले सुरुमा गीत गाउँदा झम्केफुली, बल्ल पर्यो निरमाया माकुरी जालैमा, खोटाङ जिल्ला दिक्तेल बजार चलेका भाकाहरु रोजाइमा पर्थे ।
गंगाले ३० हजारसम्म एउटा कार्यक्रमको पारिश्रमिक लिँदै आएकी छिन् । तर दर्शको मागका आधारमा जाँदा भने कतिपय स्थानमा थोरै पारिश्रमिकमा पनि गीत गाउने गरेको उनले सुनाइन् । उनको अनुभवमा असार–साउनमा दोहोरीको सिजन नभए पनि अहिले तिज भएकोले निक्कै नै माग आउने उनको अनुभव छ । लामो समयदेखि दोहोरी गाउँदै आएकी गायिका गंगाले ४ वर्ष पहिलादेखि मात्र एल्बम निकाल्न थालेकी हुन् ।
उनले ३५ वटा गीतहरु आफ्नै एकल रुपमा गाइसकेकी छिन् । उनको म्युजिक भिडियोमा आएका गीतहरु २० को हाराहारीमा रहेको भए पनि अन्य गीत अडियोमा मात्र रहेको गंगाले जानकारी दिइन् ।
उनले अहिलेसम्म हाम्रा बाउका ज्वाईँले, हरितालिका तिज, हातैको मेहन्दी, माइतीको देश, बरी लै लै, नौजाले माया, रक्षा, घिनघिन मादल, हिले पाख्रिवास, सिमलीको भुवा र पार्वती उनले गाएका चर्चित गीतहरु हुन् ।
सामाजिक काममा लागेकी गंगाले सानैमा बच्चा जन्माइन् । श्रीमानलाई अति नै माया गर्ने उनले भनिन्, ‘तिजको बेलामा श्रीमानसँगको माया साट्ने हो ।’ मागी विवाह गरेकी गंगा भागी विवाहमा रमाउँछिन् । फेसबुकमा च्याट गर्न नरुचाउने उनले फेसबुक पनि निक्कै कम चलाउने गरेको सुनाइन ।
तिजको रौनकतासँगै समाज रुपान्तरणको कुरा जोडिने उनले बताइन् । एउटा गीत सुन्दा ५ मिनेटले धेरैलाई इन्करेज गर्नसक्ने उनको अनुभव छ । गीतमा पनि अधिकार सुनिश्चितताका कुराहरु आउने गरेको उनको भनाई छ ।
दुबईमा भएको तिज विशेष कार्यक्रममा सहभागी भएर आएकी गंगालाई दोहोरी गायिका भएर पूर्वमा निक्कै पीडा महसुस गरेको सुनाइन । उनले भन्छिन्, ‘पूर्वमा दोहोरीको पावर नै छैन । दोहोरी गाउने व्यक्ति पूर्वमा रहेर गलत गरेँ, पश्चिमतिर यति मेहनत गरेको थिएँ भने निक्कै हिट हुन्थेँ ।’ पश्चिममा भन्दा पूर्वमा दोहोरी कलाकारले निक्कै मेहनत गर्नु परेको उनको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।