लगातार ३ वर्षका हिउँदमा औसतभन्दा कम पानी पर्याे
फागुन १९, २०८१ सोमबार
काठमाणडौ – आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई दुई सय ५० रनको लक्ष्य दिएको छ । यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ५९ रन बनायो ।
भारतका लागि सबैभन्दा धेरै श्रेयस अयरले ७९ रन बनाए । यस्तै अक्षर पटेलले ४२, हार्दिक पाण्डेयले ४५ र केएल राहुलले २३ रन बनाए । न्युजिल्यान्डका म्याट हेनरीले पाँच विकेट लिए । यस्तै काइल जेमिसन, विल ओ रोउर्क, मिचेल सेन्टनर र रचिन रविन्द्रले समान एक विकेट लिए । न्युजिल्यान्डले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।
यो खेलको बिजेता टोली समूह ‘ए’ को विजेता बन्नेछ । समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेता टोली अस्ट्रेलियासँग र उपविजेता टोलीले समूह ‘बी’ को विजेता टोली दक्षिण अफ्रिकासँग खेल्नेछ । समूह ‘बी’ का अफगानिस्तान र इङ्गल्यान्ड समूह चरणबाटै बाहिरिए । समूह ‘ए’ बाट भारत र न्युजिल्यान्ड सेमिफाइनलमा पुग्दा बङ्गलादेश र आयोजक पाकिस्तान यसअघि नै बाहिरीसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।