हिउँले अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ – हप्ताको पहिलो कारोबार दिन आज शेयरबजार परिसूचक नेप्से आज उच्च अङ्कले बढेको छ । आज नेप्से ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ९० दशमलव २८ बिन्दुमा पुगेको छ ।
गएको मङ्गलवार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि बिहिवार ४९ अङ्क भन्दा धेरैले बढेको नेप्से आज पनि उच्च अङ्कले बढेको हो । नेप्से गएको भदौ ९ गतेयताकै उच्च विन्दुमा पुगेको हो ।
भदौ ९ गते नेप्से परिसूचक बजार बन्द हुँदा दुई हजार आठ सय ९४ विन्दुमा थियो । नेप्सेसँगै कारोबार रकम पनि भदौपछिकै उच्च भएको छ । आज बजारमा १४ अर्ब २५ करोड रूपैयाँको कारोबार भएको छ । गएको भदौ ११ गते १८ अर्ब ६४ करोड रूपैयाँको कारोबार भएको थियो ।
त्यसपछि आज पहिलोपल्ट कारोबार रकम १४ अर्ब रुपैयाँ नाघेको हो । आज म्यूचुअल फण्ड बाहेक सबै उपसमूहको शेयर बढेकोमा फाइनान्स, होटल तथा पर्यटन, जीवन बीमा र उत्पादन समूहको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ । आज पाँच वटा कम्पनीमा सकरात्मक सर्किट लागेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।