यामाहाले ल्यायो रे जेडआर ‘स्ट्रिट र्‍याली’ स्कुटर

 भदौ २६, २०७५ मंगलबार १८:५५:२९ | उज्यालो सहकर्मी

काठमाडौं - एमएडब्लु् इन्टरप्राइजेजले नेपाली बजारमा रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट र्‍याली’ सार्वजनिक गरेको छ ।

एमएडब्लु नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता हो ।

एमएडब्लु इन्टरप्राइजेज टु–ह्विलर डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले भन्नुभयो, ‘हामीलाई विश्वास छ अत्याधुनिक प्रविधि भएको स्टाइलिस स्ट्रिट र्‍याली स्कुटरले स्पोर्टी स्कुटर रुचाउने ग्राहकमा उत्साह थप्नेछ । यामाहाप्रतिको बढ्दो मोहलाई नयाँ स्कुटरले नयाँ उचाइमा पुर्‍याउने अपेक्षा हामीले गरेका छौं ।’

यामाहा रे जेडआर ‘स्ट्रिट र्‍याली’को बजार मूल्य  २,०८,९०० रुपैयाँ तोकिएको छ । यो स्कुटर र्‍याली रेड र रेसिङ ब्लु गरी दुई रंगमा उपलब्ध छ ।

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया