इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज दुई खेल हुँदै
पुस २२, २०८१ सोमबार
काठमाण्डाै - वैदेशिक रोजगारीमा जानकाे लागि चाहिने पुन: श्रम स्वीकृति आजदेखि अनलाइनबाट मात्रै लिन मिल्ने भएकाे छ ।
काठमाण्डाैकाे ताहाचलमा रहेकाे वैदेशिक राेजगार कार्यालयले आजदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने जनाएकाे हाे ।
२०७७ साल पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकोमा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुन लागेकाे हाे ।
श्रम स्वीकृतिलाई 'फेसलेस', 'पेपरलेस' र 'क्यासलेस' बनाइ छिटो, छरितो र पारदर्शी रुपमा गुनासो रहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको वैदेशिक रोजगार कार्यालयले जारी गरेकाे सूचनामा उल्लेख छ ।
याेसँगै अब पुन: श्रम स्वीकृतिकाे काम वैदेशिक राेजगार सूचना व्यवस्थापन प्रणाली एफईआईएमएस मार्फत अनलाइनबाट मात्रै हुने वैदेशिक राेजगार कार्यालयले जनाएकाे छ ।
पुन: श्रम स्वीकृति लिने प्रक्रिया तलकाे सूचनामा उल्लेख गरिएकाे छ :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।