एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
पुस २३, २०८१ मंगलबार
काठमाण्डौ – वायु सेवा सञ्चालक सङ्घले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान स्थगित गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकालगायतका स्थानीय समूहले धम्की दिएको भन्दै सङ्घले त्यस क्षेत्रमा हुने सबै हेलिकोप्टर तथा जहाजका उडान अनिश्चितकालका लागि स्थगन गरेको छ ।
सङ्घले हिजो विज्ञप्ति निकालेर सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म उडान स्थगन गरिएको जनाएको हो । सङ्घका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डेका अनुसार हिजो त्यस क्षेत्रमा हुँदै आएका उद्धार, चार्टर तथा व्यावसायिक उडान स्थगन भएका हुन् ।
सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिकालगायत स्थानीय युवा समूह तथा सङ्घ संस्थाले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै व्यावसायिक रूपमा यही जनावरी १ अर्थात गएको बुधवारदेखि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाइएको थियो ।
हेलिकप्टर उडान प्रतिबन्ध सम्बन्धमा सम्बन्धित पदाधिकारीसँग सङ्घका पदाधिकारीले पटकपटक वार्ता गर्दा पनि निष्कर्षमा पुग्न नसकेको र हाल खुम्बु क्षेत्रका हेलिप्याडमा झण्डा गाडी अवरोध सिर्जना गरिएको सङ्घले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।