रुसको कुर्स्क क्षेत्रमा युक्रेनको नयाँ आक्रमण

 पुष २२, २०८१ सोमबार ९:२८:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनले रुसको कुर्स्क क्षेत्रमा नयाँ आक्रमण गरेको छ । रुसी रक्षा मन्त्रालयले कुर्स्क क्षेत्रमा आक्रमण भएको भन्दै युक्रेनी आक्रमणकारी समूहहरूलाई रोक्न प्रयास भइरहेको बताएको छ ।

युक्रेनी अधिकारीहरूले पनि एक अपरेसन सञ्चालन भइरहेको बताएका समाचार संस्था एएफपीले जनाएको छ । युक्रेनले गएको वर्ष अगस्टमा रुसको कुर्स्क क्षेत्रमा पहिलो पटक आक्रमण गरी ठूलो क्षेत्र कब्जा गरेको थियो ।

पछिल्ला महिनाहरूमा रुसी सेनाले यी क्षेत्रहरूमा ठूलो प्रगति गर्दै युक्रेनलाई पछाडि धकेल्न सफल भएको बताएको छ । तर, युक्रेनी सेनालाई पूर्ण रूपमा निष्कासन गर्न भने अझै सकेको छैन ।

कुर्स्क क्षेत्रमा युक्रेनको पछिल्लो आक्रमण रोक्न रुसी सेनाको प्रयासको जवाफमा फेरि आक्रमण भएको रुसी रक्षा मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । युक्रेनले कुर्स्क क्षेत्र कब्जाको प्रयासमा आक्रमण गरेको बुझिएको छ ।

युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री येर्माकले कुर्स्क क्षेत्र नियन्त्रणका लागि युक्रेन जीत नजिक पुगेको बताउनुभएको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया