इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज दुई खेल हुँदै
पुस २२, २०८१ सोमबार
काठमाण्डौ – ओमानमा रहेका आप्रवासीहरुलाई कोरोना खोपको तेस्राे मात्रा दिइने भएको छ ।
आउँदाे आइतबार अर्थात् यही जनवरी ९ देखि १३ तारिखसम्म ओमानको सोहरमा रहेको पुनर्स्थापना केन्द्र (रिह्याबिलेशन सेन्टर)मा खोप दिइने टाइम्स अफ ओमानले लेखेको छ । दोस्रो डोज लगाएको तीन महिना भएकाहरुले खोप लाउन सक्नेछन् ।
यस्तै ओमानमा पछिल्लो समय कोरोना संक्रमण बढीरहेको छ । बिहीबार दुई सय ६३ जनामा संक्रमण पुष्टि भएको छ । ओमानमा कोरोना संक्रमणका कारण अहिलेसम्म ४ हजार १ सय १७ जनाले ज्यान गुमाइसकेका छन् ।
ओमानले कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आग्रह गरेको छ । भौतिक दुरी कायम गर्ने र अनिवार्य मास्कको प्रयोग गर्नपर्छ ।
ओमान नेपालीहरुको श्रम गन्तव्य देश पनि हो । ओमानमा रहेका नेपालीहरुलाई स्वास्थ्य मापदण्डको पालना गरेर कोरोना संक्रमण हुनबाट बच्न त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।