नेपालमा पढ्दै कमाउँदै गर्ने वातावरण नै छैन
पुस २२, २०८१ सोमबार
काठमाण्डौ – ओमानमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकको सहजताको लागि घुम्ती सेवा दिने भएको छ ।
आउँदो जुन १५ अर्थात् असार ११ गते ओमानको दोफार प्रशासनिक क्षेत्रमा बिहान ११ देखि बेलुकी पाँच बजेसम्म घुम्ती सेवा दिन लागिएकाे ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । कोरोना महामारीका कारण अप्ठ्यारो परिस्थिति सिर्जना हुँदा भिसा, राहदानी नवीकरण लगायतका सेवा लिन नपाएका श्रमिकलाई उनीहरुकै क्षेत्रमा गएर सेवा प्रवाह गरिन लागिएको हो । बारेसानामा लगायत अत्यावश्यक कन्सुलर सेवा पनि प्रदान गरिने दूतावासले जनाएको छ ।
यी सेवाहरु लिनको लागि आवश्यक कागजात तथा दस्तुर सम्बन्धी विवरणबारे दूतावासको वेबसाइट https://om.nepalembassy.gov.np/ मा गएर बुझ्न सकिने दूतावासले जनाएको छ ।
दूतावासका अनुसार दाेफार प्रशासनिक क्षेत्रकाे सलालामा घुम्ती सेवा प्रदान गरिने भए पनि उपयुक्त स्थान पछि ताेकिने छ । घुम्ती सेवाका लागि ९२०७५०७१ वा दूतावासको हटलाइन नम्बर ७१५९२४९० मा फाेन गरेर पनि बुझ्न सकिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।