मकवानपुर र काठमाण्डौ जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक माघ ...
पुस २२, २०८१ सोमबार
काठमाण्डौ – तपाईँ विदेश यात्रा गर्दै हुनुहुन्छ ? अहिले यात्रा गर्न अत्यावश्यक मध्येको एक हो पीसीआर नेगेटिभ रिपोर्ट ।
बिना पीसीआर नेगेटिभ रिपोर्ट नेपालबाट पनि यात्रा गर्न पाइँदैन भने गन्तव्य देशहरूले पनि यो कोरोना महामारीको समयमा पीसीआर रिपोर्ट अनिवार्य गरेका छन् ।
रोजगारीका लागि या अन्य विभिन्न उद्देश्यले विदेश हिँडेका कतिपय यात्रु पीसीआर रिपोर्टकै कारण विमानस्थलबाट फर्कनु परेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुका लागि पीसीआर परीक्षण गर्ने प्रयोगशाला तोकेको छ ।
विदेश जाने यात्रुका लागि मन्त्रालयले सबै सरकारी प्रयोगशाला, न्यूनतम १०० बेड भएका निजी अस्पताल र ए वर्गका प्रयोगशालाहरूमा पीसीआर परीक्षण गर्न सकिने जनाएको छ ।
सात वटै प्रदेशमा निजी अस्पताल र ल्याब गरी ३० वटा र सरकारी अस्पताल र ल्याब गरी ५१ वटा तोकिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Surya
June 12, 2021, 2:36 p.m.लकडाउनको फाइदा उठाउँदै एयरलाइन्स एजेन्सी र सरकारले लुट्दैछन् हामी सीधासाधा नागरिकलाई / नियमित उडान रोकेर, चार्टरको नाममा ६० हजारको टिकटलाई २ लाख ३५-५० हजारसम्म लिने गरेको छ / हामीसंग फिर्ता हुँदापनि हामीलाई सिट छैन भन्छन , तर जसले २ लाख ४०/५० हजार दिन्छ , उसलाई टिकट दिइराखेको छ / के चार्टर फ्लाइटमा कोरोना सर्दैन, खाली नियमित उडानमा मात्र कोरोना सर्ने हो ?
Surya Mahato
June 12, 2021, 2:30 p.m.पैसा लुट्न कै लागि नीजी अस्पताले पिसिआर गर्दा नेगेटिभलाई पोजेटिभ बनाइदिन्छन, त्यसैले पिसिआर गर्न निजी होइन सरकारी अस्पताललाई मात्र स्विकृती दिए नागरिकले अनावश्यक दुख पाउंदैनन, धन्यवाद /