नेपालमा पढ्दै कमाउँदै गर्ने वातावरण नै छैन
पुस २२, २०८१ सोमबार
काठमाण्डौ – विदेशका विभिन्न ५४ देशमा रहेका १ लाख १० हजारभन्दा धेरै नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
गैर आवासीय नेपाली सङ्घ एनआरएनएको स्वास्थ्य समितिको पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म ५४ देशमा रहेका १ लाख १० हजार १ सय ९६ जना नेपालीमा कोरोना सङ्क्रमण भएको हो सङ्क्रमित मध्ये ९३ प्रतिशत अर्थात् १ लाख ६ हजार ८ सय २३ हजार सङ्क्रमण मुक्त भइसकेका छन् ।
सङ्घका अनुसार गएको दुई हप्तामा भारत, माल्दिभ्स, साउदी अबर, कतार लगायतका देशमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिन थालेको हो ।
यस्तै, पछिल्लो समय फेरि कोरोनाको कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या बढ्न थालेको छ ।
गएका दुई हप्तामा मात्रै थप १३ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ । एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार साउदी अरबमा ७ जना, भारतमा ५ र कतारमा १ जना नेपालीको कोरोना भाइरसको कारण ज्यान गएको हो ।
सङ्घले सङ्कलन गरेको तथ्याङ्क अनुसार अहिलेसम्म भारतसहित विश्वभर २८ देशमा रहेका ४ सय ३५ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।
गैर आवासीय नेपाली सङ्घले कोरोना भाइरसको महामारी सुरु भएदेखि नै विदेशमा रहेका नेपालीमा सङ्क्रमणको अवस्थाबारे तथ्याङ्क सङ्कलन गर्दै आएको जनाएको छ । विदेशमा रहेका नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, सङ्घसंस्था र सङ्घका शाखाद्वारा स्वास्थ्य समितिले नेपालीहरूको तथ्याङ्क सङ्कलन गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।