आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
जुम्ला - जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा आँखा उपचार केन्द्र सञ्चालनमा आएकाे छ ।
स्थानीयको राहतका लागि गाउँमै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएकाे हो । उपचार केन्द्र सुरु भएसँगै सदरमुकाम खलङ्गामा रहेको आँखा उपचार केन्द्रको पहुँचमा नरहेका सिञ्जा क्षेत्रका नागरिकले राहत पाउने भएका छन्।
सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले सामान्य आँखाका बिरामी हुँदा पनि महँगो खर्च गरेर सदरमुकाममा जानुपर्ने नागरिकको बाध्यतालाई मध्यनजर गर्दै उपचार केन्द्रमार्फत सेवा दिन सुरु गरिएकाे बताउनु भयाे ।
अब यस गाउँपालिकाका आठ वटै वडाका नागरिकले आँखाको उपचार अब सिञ्जामै गर्न पाउने भएका छन् । साथै सिञ्जा क्षेत्रका हिमा र कनकासुन्दरी गाउँपालिकाका नागरिकले आँखा उपचारकाे सुविधा पाउने भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।