म्यानमारमा अनलाइन ठगीको काममा लगाइएका ५ जना नेपालीको उद्धार

 फागुन ९, २०८१ शुक्रबार १६:१५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्वीर

काठमाण्डाै – थाइल्यान्डको बैंककमा रहेको नेपाली राजदूतावासले म्यानमारको मेवाडीबाट पाँच जना नेपालीको उद्धार गरेको छ ।

अनलाइन ठगीकाे काममा लगाइएका नेपाली नागरिकलाई मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याई आज नेपाल फर्काइएको दूतावासले जनाएको छ । उद्धार हुनेमा चार जना पुरुष र एक जना महिला रहेका छन् ।

दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने उद्देश्यले कम्मोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायतका देशमा वैदेशिक रोजगारीमा नआउन आग्रह गरेको छ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया