इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज दुई खेल हुँदै
पुस २२, २०८१ सोमबार
दाङ - नेपाल संस्कृत विश्वविद्यालयमा व्यावसायिक विषयकाे पढाइ हुने भएकाे छ ।
वैदिक संस्कृतका विभिन्न विधामा अध्यापन हुँदै आएको संस्कृत विश्वविद्यालयले इञ्जिनियरिङ, कृषि, जीवन व्यवस्थापन, योग, चिकित्सालगायतका शिक्षाको पनि अध्यापन गर्ने भएको छ।
विश्वविद्यालयले यसै वर्षदेखि वास्तु इञ्जिनियरिङकाे पढाइ सुरु गर्न थालेको जानकारी गराएको छ । वास्तु इञ्जिनियरिङको अध्यापनका लागि पाठ्यक्रम तयार भइसकेको विश्वविद्यालयले जनाएकाे छ । १२ कक्षाको रिजल्ट आएपछि शास्त्री अर्थात् स्नातक तहको लागि भर्ना आह्वान गर्दा वास्तु इञ्जिनियरिङको पनि भर्ना खोलिने विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादव प्रकाश लामिछाने बताउनु हुन्छ।
वैदिक कृषिलाई आधुनिक कृषिसँग जोड्ने गरी अध्यापन हुने गरेर कृषि विषयको पनि पाठ्यक्रम तयार भइरहेको विश्वविद्यालयले जनाएको छ । यी दुवै विषयले वैदिक दर्शनलाई आधुनिकतासँग जोडेर वर्तमान समयको आवश्यक्ता पूर्ति गर्ने तथा बेरोजगार नहुने जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयको विश्वास छ ।
नेपाल संस्कृत विश्वविद्यालयले विभिन्न क्याम्पसमा अध्यापन भइरहेका ५६ विषयको पाठ्यक्रम २२ वर्षपछि परिवर्तन गरेर शास्त्री तहलाई चार वर्षे बनाएको छ । देशभित्रकै अन्य विश्वविद्यालयसँग समकक्षी हुने गरी तीन वर्षे शास्त्री तहलाई यही शैक्षिक सत्रदेखि चार वर्षे बनाउन थालिएको उपकुलपति प्राध्यापक डाक्टर यादव प्रकाश लामिछानेले बताउनु भयो ।
विश्वविद्यालयले स्नातकोत्तर तहमा जिवन व्यवस्थापन, स्नातक तहमा फार्मेसीलगायतका नयाँ विषयको अध्यापन पनि सुरु गर्ने तयारी गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।