नेपालमा पढ्दै कमाउँदै गर्ने वातावरण नै छैन
पुस २२, २०८१ सोमबार
दाङ – खाना पकाउने ग्यास सिलिण्डर लिक भैइ आगलागी हुँदा गम्भीर घाइते भएका दाङको तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टाका ४० वर्षका वसन्त वलीको ज्यान गएको छ ।
उपचारका क्रममा गएराति वलिको ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । माघ १ गते सिलिण्डर ग्यास लिक भएर आगलागी हुँदा वली र उहाँकी श्रीमती ३५ वर्षीया गीता वली गम्भीर घाइते हुनु भएको थियो।
दुवै जनाकाे कीर्तिपुर बर्निङहर्ट अस्पतालमा उपचार भइरहेको थियो । तर उपचारको क्रममा वसन्तको मंगलबार राती ज्यान गएको उहाँको पारिवारिक श्रोतले जानकारी दिएको छ । गीताको भने त्यही अस्पतालमा उपचार भइरहेको छ ।
कुखुराका बच्चा निकाल्न तापक्रम दिनका लागि ग्यास बाल्ने क्रममा अचानक ग्यास लिक भएर आगलागी भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।