नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बिक्रीका लागि खुला, सबै आवेदकले शेयर पाउने

 माघ २, २०७७ शुक्रबार ११:३३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आजदेखि बिक्रीका लागि खुला हुँदैछ । अहिलेसम्मकै सर्वाधिक कित्ता रहेको आईपीओ बिक्री खुला गरिएको हो ।

कम्पनीले प्राथमिक बजारको अहिलेसम्मकै धेरै ८ अर्ब बराबरको ८ करोड आईपीओ बिक्री गर्ने जनाएको छ । जम्मा कित्तामध्ये बैंकले नागरिकका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन गर्ने भएको छ । बाँकी ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि र शूल्क दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।

आईपीओ बिक्री गर्न धितोपत्र बोर्डले पुष १० गते कम्पनीलाई अनुमति दिएको थियो । सबै आवेदकले निश्चित आईपीओ पाउनेछन् भने छिटोमा माघ ६ देखि ढिलोमा १६ गतेसम्म बिक्रीमा रहनेछ । मागअनुसार आवेदन परेमा छिटो अवधिमै बिक्री बन्द हुने कम्पनीले जनाएको छ ।

इन्फ्रास्ट्रक्चर बैंकले सबै आवेदकलाई शेयर दिने भएकाले बैंकको शेयर भर्नाकै लागि डिम्याट खाता खोल्नेको संख्या बढ्दै गएको छ ।   

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया