रुसको कुर्स्क क्षेत्रमा युक्रेनको नयाँ आक्रमण
पुस २२, २०८१ सोमबार
काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीलाई सबैले अनुभूति गर्न सक्ने गरी सुरक्षित, व्यवस्थित, मर्यादित तथा तुलनात्मकरूपमा बढी लाभदायी बनाउन सरकार गम्भीरतापूर्वक अगाडि बढेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक र तिनका परिवारको सुरक्षा, हित र कल्याणलाई सुनिश्चित गर्ने सवालमा देखिएका चुनौतीको सामना गर्दै यसको समुचित व्यवस्थापनका लागि निरन्तर अगाडि बढिरहेको बताउनुभएको हो ।
नेपालमा श्रमिकको अधिकारका लागि नीतिगत तथा कानूनी आधार तयार भइसकेको र योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयन भइरहेको उल्लेख गर्दै उहाँले प्रत्येक वर्ष आन्तरिक श्रम बजारमा प्रवेश गर्ने श्रमशक्तिलाई ध्यानमा राखी रोजगारीका अवसरहरु उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
श्रमको सम्मान गर्दै प्रत्येक श्रमिकको हकअधिकार रक्षाका लागि श्रम ऐन, २०७५ का साथै योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयनमा ल्याइएको उहाँले बताउनुभएको छ । सीपयुक्त जनशक्तिको विकासका लागिसमेत तदारुकताका साथ गृहकार्य अगाडि बढाइएको मन्त्री रायको भनाइ छ ।
आप्रवासीमाथि देश, जाति, धर्म, भाषा आदिका आधारमा हुने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसङ्घबाट डिसेम्बर १८, १९९० का दिन आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरुको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित भएको थियो ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००० डिसेम्बर ४ मा डिसेम्बर १८ का दिनलाई अन्तर्राष्ट्रिय आप्रवासन कामदार दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयको समर्थन गर्दै नेपालले पनि डिसेम्बर १८ का दिन विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।