रुस–युक्रेन युद्ध अन्त्य गरी युक्रेन बचाउन १८ युरोपेली देशले ग...
फागुन १९, २०८१ सोमबार
मकवानपुर नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टीलाई नजिस्काउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारलाई चेतावनी दिनुभयो । नेपाली कांग्रेस मकवानपुरले सोमबार हेटौँडाको बुद्धचोकमा आयोजना गरेको सरकार विरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
कोरोना महामारीको अवस्थामा सरकारले पीसीआर परीक्षण किन बढाएन, किन भेन्टिलेटरको व्यवस्था गरेन, किन आइसोलेशन र क्वरेण्टीनको उचित व्यवस्था गरिएन भन्ने प्रश्न गर्न आफूहरु सडकमा उत्रिनुपरेको बताउनुभयो ।
एमाले र माओवादीबीच सत्ताको लागि मात्रै एकता भएको शर्माको भनाइ थियो । अहिले नागरिकहरु कोरोना भाइरसको मारमा परिरहेका शर्माले बताउनुभयो ।
नेपाली कांग्रेस जेठो भएको स्मरण गराउँदै शर्माले जेठो दाइको घर भूकम्पले भत्कियो भन्दैमा अन्तरे जन्तरेहरू जेठो हुन नसक्ने उहाँले बताउनुभयो । नागरिक मारमा भएको बताउँदै उहाँले मारमा परेको नागरिकले सरकार जिन्दावाद भनेर नारा लगाउन नसक्ने शर्माको भनाइ थियो ।
अस्पतालमा आमालाई भर्ना गर्न गएको छोरा आमाले उपचार नपाएपछि सरकार जिन्दावाद भन्न सक्दैन, यातायात व्यवसायीहरू, विदेशमा सङ्कटमा रहेका नेपालीहरू कसैले पनि सरकार जिन्दावाद भन्न नसक्ने शर्माले बताउनुभयो । हरेक सङ्कटको बेला नेपाली कांग्रेसले नेतृत्व गरेको स्मरण गराउँदै शर्माले अहिलेको सङ्कटमा पनि कांग्रेसले नै नेतृत्व गर्ने उहाँको भनाइ छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेकाे छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् ।
काठमाण्डौ उपत्यकामा पनि विभिन्न ठाउँबाट र्याली निकालिएको छ । सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । कांग्रेसका शीर्ष नेताहरु विरोध प्रदर्शनका लागि देशका विभिन्न जिल्लामा पुगेका छन् ।
सभापति शेरबहादुर देउवा मकवानपुर पुग्नुभएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाण्डौको शान्ति बाटिकाबाट सम्बोधन गर्दै हुनुहुन्छ । उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशाङ्क कोइराला मोरङ, सहमहामन्त्री डा. प्रकाशशरण महत झापा, सहमहामन्त्री सुनिलबहादुर थापा धनकुटामा सम्बोधन गर्दै हुनुहुन्छ ।
अर्का महामन्त्री पूर्णबहादुर खड्का भने केन्द्रीय कार्यालय सानेपामा बसेर देशभरका कार्यक्रमको जानकारी लिने र समन्वय गर्ने भूमिकामा हुनुहुन्छ । यस्तै पूर्व उपसभापति गोपालमान श्रेष्ठ काभ्रेपलाञ्चोक, पूर्व महामन्त्री प्रकाशमान सिंह धनुषा, पूर्व सहमहामन्त्री अजुर्ननरसिंह केसी कास्की, केन्द्रीय सदस्य डा. रामशरण महत चितवन, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव सप्तरी र युवा नेता गगन थापा कैलाली पुग्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।