इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज दुई खेल हुँदै
पुस २२, २०८१ सोमबार
बागलुङ – खाडीमा सात वर्ष बिताएर स्वदेश फर्कनुभएका खगेन्द्र श्रीसमा फेरि कमाउन विदेशै जाने मोह पलायो । दुई वर्षअघि जापान जाने प्रक्रिया थाल्नुभयो । अफसोच काम सफल भएन । उहाँको जापान जाने सपनाले नयाँ मोड लियो । चालिस वर्षीय श्रीसले गाउँमै उद्यम गर्ने अठोट लिनुभयो ।
गलकोट नगरपालिका–६ भुजुङ्गेका श्रीसले परम्परागत ढुङ्गाखानीलाई आधुनिक र व्यावसायिक बनाउनुभयो । तीन लाख रुपैयाँको लगानीमा गएको वर्षदेखि ढुङ्गाखानी सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । ढुङ्गाखानीमा १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । ‘मासिक ५० हजार रुपैयाँदेखि एक लाखसम्म कमाई हुन्छ’, श्रीसले भन्नुभयो ।
उहाँका अनुसार कुनै बेला ढुङ्गा राम्रो निस्कन्छ, कहिले कम । ठूलो आम्दानी मजदूरको ज्यालामा जाने गरेको श्रीसको भनाइ छ । उहाँ आफैँ पनि ढुङ्गाखानीमा काम गर्नुहुन्छ । ‘मसहित १० जनालाई खानीले रोजगार दिएको छ, गाउँका युवाको चित्त बुझाएर काममा लगाएको छु’, उहाँले भन्नुभयो ।
मजदूरले एउटा स्लेट ढुङ्गा (कटपिस टायल) काटेको तीन रुपैयाँ पाउँछन् । एकजनाले दिनमा चार÷पाँच सयसम्म स्लेट ढुङ्गा तयार पार्छन् । धेरै ढुङ्गा निस्केका बेला महिनाकै ३५/४० हजारसम्म कमाउँछन्न् । खानीमा उत्पादित स्लेट ढुङ्गालाई गाउँसम्म बोकेर ल्याउने काम भने महिलाले गर्छन् ।
एउटा स्लेट ढुङ्गा बोकेको दुई रुपैयाँ पाउँछन् । एक खेपमा १०० वटासम्म बोक्ने गरेको स्थानीयवासी कुमारी श्रीसले बताउनुभयो । उहाँका अनुसार महिनामा चार÷पाँचपटकसम्म डोकोमा स्लेट बोक्ने काम मिल्छ । भारी बोकेर पाउने ज्यालाले महिलालाई घरखर्च चलाउन सजिलो भएको छ । कतिले छोराछोरीको पढाइ खर्चसमेत त्यसैबाट धान्छन् ।
ढुङ्गाखानीसम्म सडक नपुगेकाले मोटर आउने ठाउँसम्म बोकाएर ल्याउनु परेको ढुङ्गाखानी सञ्चालक खगेन्द्रले बताउनुभयो । ‘ढुङ्गा काट्ने काम हाम्रो पुख्र्यौली पेशा हो, आम्दानीको मुख्य स्रोत पनि यही हो,’ स्थानीयवासी बेग श्रीसले भन्नुभयो । उहाँले नै पहिलोपटक २०५७ मा भुजुङ्गेमा स्लेट ढुङ्गा काट्ने उपकरण र सीप भित्र्याउनुभएको थियो ।
स्लेट ढुङ्गाको व्यावसायिक उत्पादन हुन थालेको भने सात÷आठ मात्र पुगेको छ । ढुङ्गेनी गाउँले समेत चिनिने भुजुङ्गेको परम्परागत पेशा र आम्दानी नै ढुङ्गाखानीमा जोडिएको थियो । ढुङ्गा बचेरै गाउँलेले जीविका चलाउँथे । पहिले छाना छाउने ढुङ्गा मात्रै निकाल्ने गरिए पनि प्रविधिको विकाससँगै पछिल्लो समय टायलको विकल्पका रुपमा स्लेट ढुङ्गा प्रयोग हुन थालेको हो ।
खानीमा छाउने ढुङ्गासँगै भित्तामा लगाइने स्लेट ढुङ्गा (कटपिस टायल), १२/१२, ६/१२ र १२/१८ को भुइँमा बिछ्याउने स्क्वायर टायल उत्पादन हुन्छ । कटपिस टायल प्रतिगोटाको १२ रुपैयाँ र स्क्वायर टायलको मूल्य क्रमशः ८०, ४० र १७० रुपैयाँ तोकिएको छ ।
एक हातको छाउने ढुङ्गालाई पनि १७० रुपैयाँ पर्छ । ढुङ्गाखानीको उत्पादन गलकोटमै रहेको डिपोमार्फत देशका विभिन्न ठाउँमा बिक्रीका लागि पुग्ने गरेको छ । भुजुङ्गेमा खेगन्द्रसहित सुकमन र निर्मल श्रीसले पनि ढुङ्गाखानी सञ्चालन गरिरहनुभएको छ । सुकमनको खानीमा तीन र निर्मलको खानीमा चारजनाले रोजगारी पाएका छन् । सबैले आफ्नै निजी जग्गामा खानी खोलेका हुन् ।
ढुङ्गाखानीलाई राज्यले व्यवस्थित गर्नुपर्ने माग स्थानीयवासीको छ । कानून अभावमा अहिलेसम्म ढुङ्गाखानी करको दायरामा आउन सकेका छैनन् । ढुङ्गाखानीलाई दर्ता गरी नियमानुसार चलाउन सञ्चालक राजी छन् । गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीले ढुङ्गाखानीसहित प्राकृतिक स्रोतसाधनको उपयोगबारे छिट्टै कानूनी प्रबन्ध गरिने बताउनुभयो ।
‘अहिले पनि ढुङ्गाको अवैध कारोबार भइरहेको छ, नगरपालिकाले कर गुमाइरहेको छ, त्यसलाई व्यवस्थित गर्नैपर्छ’ , उहाँले भन्नुभयो, ‘नियम र मापदण्डभित्र रहेर ढुङ्गाखानी सञ्चालन गर्ने वातावरण बनाउँछौँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।