इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज दुई खेल हुँदै
पुस २२, २०८१ सोमबार
काठमाण्डौ – बहराइनले आफ्नो देशको अर्थव्यवस्थामा असर पर्ने भन्दै त्यहाँ रहेका आप्रवासी श्रमिकहरुलाई हटाउने विषयमा छलफल गरिरहेको छ ।
बहराइनको जनसंख्या, १७ लाखको आधा भन्दा बढी विदेशीहरु रहेका छन् । बहराइनले राष्ट्रिय अर्थतन्त्र र सुरक्षालाई असर पुर्याउने भन्दै आवश्यकभन्दा बढी त्यस्ता श्रमिकलाई देशनिकाला गर्न गृह मन्त्रालयको एक समिति गठन गरेको छ ।
अवैधानिक श्रमिकको विषयमा प्रधिनिधि सभामा बोल्दै बहराइनका श्रम तथा सामाजिक विकास मन्त्री जमील हुमेदंले ५३ हजार विदेशी श्रमिकको अवस्था सुधारिएको जनाउनुभएको छ । उहाँले अन्य पाँच हजार एक सय ५५ श्रमिकले आफ्नो स्वइच्छा अनुरुप काम छोडेको बताउनुभयो ।
यस्तै बहराइनमा कोरोना महामारीकै बीच आप्रवासी श्रमिकहरुको संख्यामा ३ दशमलव १ प्रतिशतले गिरावट आएको र यो वर्ष २ दशमलव ४ प्रतिशतका दरले राष्ट्रिय रोजगारीमा वृद्धि आएको हमेदंको भनाइलाई उद्धृत गर्दै गल्फ न्यूजले समाचार छापेको छ । ‘हामी नयाँ शर्तहरुबारे अध्ययन गरिरहेका छौं, जसपश्चात विदेशी श्रमिकले बहराइनी श्रमिकसँग प्रतिस्पर्धा गर्न सक्नेछैनन्’, हुमेदंले भन्नुभयो ।
अन्य खाडी देश जस्तै बहराइनले पनि स्वदेशी श्रमिकहरुलाई प्रोतसाहन गर्दै आप्रवासी श्रमिकहरुलाई कम गर्ने नीति अवलम्बन गरिरहेको गल्फ न्यूजले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।