काठमाण्डौमा आज र भोलि श्रम तथा रोजगार सम्मेलन
फागुन २६, २०८१ सोमबार
काठमाण्डाै – नेपालमा जुवातास खेल्नु गैरकानुनी हो । नेपाल प्रहरीले हरेक दिनजसो कुनै न कुनै ठाउँबाट जुवा खेल्ने व्यक्ति पक्राउ गरिहेको हुन्छ ।
तर नेपालमा जुवातास खेल्न गैरकानुनी मानिए पनि आयातमा भने प्रतिबन्ध छैन । जसका कारण वार्षिक करोडौँ रुपैयाँको तास आयात भइरहेको छ ।
गएको आर्थिक वर्ष २०७६/७७ मा एक करोड ३२ लाख ६७ हजार ‘बुक’ तास आयात भएका छन् । यी तासको मूल्य २३ करोड ५४ लाख ९३ हजार रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।
नेपालमा तास आयात हुने मुख्य देशहरुमा चीन, भारत, थाइल्याण्ड र मलेसिया रहेका छन् ।
आर्थिक वर्ष २०७५/७६ मा २५ करोड ६ लाख रुपैयाँ बराबरका एक करोड ५७ लाख ‘बुक’ तास आयात भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।