वार्षिक बजेट तथा कार्यक्रम आज

 जेठ १५, २०७५ मंगलबार ९:५०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

सरकारले आज आउँदो आर्थिक वर्ष २०७५/०७६ का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । 

अर्थमन्त्री खतिवडाले राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐन बमोजिम व्यय हुने आवश्यक रकम प्रस्तुत गर्नुहुनेछ । संविधान बमोजिम वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन, त्यसको विवरण पनि साथै पेश गर्नुपर्नेछ ।

बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक–२०७५, आर्थिक कार्यविधिसम्बन्धी विधेयक– २०७५ र राष्ट्र ऋण उठाउने विधेयक– २०७५ पेश गर्नुहुनेछ । बजेटमा दिगो आर्थिक विकास, भौतिक पूर्वाधार, जलविद्युतलगायत क्षेत्रलाई विशेष जोड दिइएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । तत्कालीन एमाले र माओवादीले चुनावका बेला गरेका प्रतिवद्धता र साझा घोषणापत्रलाई मुख्य आधार मानेर बजेट व्यवस्थापन गरिएको पनि स्रोतको भनाई छ ।  

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया