काठमाण्डौसहित केही ठाउँमा बदली र वर्षा, उडान प्रभावित
फागुन २९, २०८१ बिहिबार
काठमाडौं – नेपाल वायुसेवा निगमका विमान आउँदो चैतसम्म दक्षिण कोरिया, साउदी अरेबिया र जापानसम्म पुग्ने भएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सार्वजनिक गरेको एकवर्षे कार्ययोजनामा निगमका विमानले यसै वर्षभित्र जापान, साउदी अरेबिया र जापानसम्मको उडान गर्ने उल्लेख छ । अहिले भित्राएका २ वटा वाइडबडी जहाजले जापान, कोरियालगायतका लामो दूरीमा सेवा दिने निगमले जनाएको छ ।
निगमले जापानसँग नेपाली जहाज उडानको सम्झौता समेत गरेको छ । यस्तै मन्त्रालयले आज सार्वजनिक गरेको कार्ययोजनामा यसै वर्षभित्र ६ वटा साना र २ वटा ठूला विमान किन्ने गरी निगमलाई टेन्डर आह्वान र खरिद आदेश दिने उल्लेख छ ।
६ वटा साना विमानले देशभित्र सेवा दिने र २ वटा न्यारो बडी जहाजले अन्रतर्राष्ट्रिय सेवा दिनेछन् । यस्तै चैतभित्रै अन्तर्राष्ट्रिय उडान गर्ने सबै जहाजले दैनिक १४ घन्टा उडान गर्नैपर्ने, नेपाल आएको दोस्रो वाइडबडी जहाजले भदौभित्र उडान थाल्ने र सबै विमानको लागि प्राविधिक जनशक्ति पूरा गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ganesh Aryal
Aug. 2, 2018, 4:42 p.m.भ्रस्टाचारले थला बस्न लागेको नेपाल वायुसेवा निगमले एक पछी अर्को सेवाहरु बिस्तार गर्दै गरेको सकारात्मक समाचार पढ्न पाउदा निकै खुशी लाग्यो। हरेक क्षेत्रमा एक जना मात्र पनि इमान्दार मान्छे हुने हो भने सर्बसाधारणले अनुभुत गर्ने बिकास देख्न पाईन्छ भन्ने उदाहरण संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले देखाएका छन। सकारात्मक कुरालाई पनि दलिय चस्माले हेरेर आलोचना गर्ने बानी परेका हामी नेपालीले राम्रो कुरालाई प्रोत्साहन नगरेर आफ्नै खुट्टामा बन्चरो हानेको कुरा कहिले बुझ्ने होला?