माथिल्लो तामाकोशीको शेयरका लागि दोलखाबासीलाई तीन भागमा बर्गिकरण

 साउन १७, २०७५ बिहीबार ६:३०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा बुधबारदेखि दोलखाबासीका लागि शेयर आवेदन खुला भएको छ । भदौ १४ गतेसम्मका लागि शेयर आवेदन खुल्ला भएको हो । 

माथिल्लो तामाकोशी आयोजनामा दोलखाबासीका लागि कुल १ अर्व ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर निष्कासन भएको छ । आयोजनामा सबै दोलखाबासीले न्युनतम ३० देखि २ सय कित्ता सम्म सेयर लगानी गर्न पाउने छन् ।

शेयर बाँडफाँडका लागि दोलखाबासीलाई ३ भागमा बर्गिकरण गरिएको छ । आयोजना निर्माण स्थल दोलखाको साविक लामावगर र गौरीशंकर गाविसलाई ‘क’ वर्ग कायम गरिएको छ । त्यस्तै आयोजनाको प्रवेशमार्ग र ट्रान्समिसन लाइन निर्माण भएका ठाउँहरुलाई ‘ख’ वर्ग कायम गरिएको जिल्ला समन्वय समिति दोलखाले जनाएको छ ।

‘ख ‘वर्गमा साविक ओराङ, बुलुङ, खारे, लादुक, लामिडाँडा, सुनखानी, सुन्द्रावती, सुस्पाक्षमावती, नाम्दु, गैरीमुदी, भिरकोट, जफे, मालु, शहरे र भीमेश्वर नगरपालिकाको तामाकोसी आयोजना प्रवेश गर्ने सडक आयोजनाले छोएका वडाहरु छन् । आयोजनाको प्रबेशमार्ग र ट्रान्समिसनलाइनले नछोएका जिल्लाका बाँकी सबै गाविस ग वर्गमा परेका छन् ।

‘क’, ‘ख’ र ‘ग’ लाई हरियो, निलो र कालो रङ्गको आवेदन फारम तयारी गरिएको छ । शेयर आवेदन संकलनका लागि दोलखामा २२ वटा संकलन केन्द्र तोकिएको । काठमाडौंमा बसोबास गर्ने दोलखालीहरुका लागि सनराईज बैंकका १० वटा शाखाबाट आवेदन फारम भरेर बुझाउन सकिने तामाकोसी आयोजनाले जनाएको छ । 

विदेशमा रहेका दोलखालीले माथिल्लो तामाकोसी आयोजना, नागरिक लगानी कोष र सनराईज क्यापिटलको वेभसाईडबाट आबेदन फारम डाउन लोड गरी भर्न सक्ने व्यवस्था समेत मिलाईएको आयोजनाले जनाएको छ ।

शेयर भर्नका लागि तामाकोसी आयोजनाको गोँगर स्थित कार्यालय र दोलखामा शाखा रहेका २१ वटा बैंक गरी २२ संकलन केन्द्र तोकिएको छ ।  परिवारमा एकजनाको बैंक खाता भए सबै सदस्यहरुको सेयर सोही खाताबाट लगानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Paras parajuli

    Aug. 2, 2018, 7:58 a.m.

    दोलखावासी बाहेक अरुले चाहिँ सेयर हाल्न पाइन्न हाइड्रो पावरमा ?

  •  0 Reply

तपाईको प्रतिक्रिया