बागमती प्रदेशले तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाको...
फागुन २९, २०८१ बिहिबार
काठमाडौं, जेठ १३ – सरकारले चालू आर्थिक वर्षको समग्र आर्थिक स्थितिको मूल्यांकनसहितको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेश गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार प्रतिनिधिसभाको बैठकमा चालू आर्थिक वर्षको पहिलो ८ महिनाको आर्थिक स्थितिको मूल्यांकनसहितको आर्थिक सर्वेक्षण पेश गर्नु भएको हो ।
आर्थिक सर्वेक्षणमा चालू आर्थिक वर्षमा ५ दशमलव ५९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ । अर्थमन्त्री खतिवडाले प्रतिव्यक्ति आय १ हजार ४ डलर पुग्ने अनुमान पनि गरिएको बताउनुभयो । आर्थिक सर्वेक्षणले मुलुकमा अहिले पनि ८० लाखभन्दा बढी नागरिका गरिबीको रेखामुनि रहेको पनि औंल्याएको छ ।
आर्थिक सर्वेक्षणमा राजस्वको वृद्धि सन्तोषजनक रहेको, देशका सबै ठाउँमा बैंक तथा वित्तिय संस्थाहरुको पहुँच पुर्याउने काम भएको पनि उल्लेख गरिएको छ । अर्थमन्त्री खतिवडाले मूल्य वृद्धिमा चाप पर्न थालेको बताउँदै सरकारी खर्च बढन भई बजेट घाटा बढन थालेको पनि स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री खतिवडाले पेश गर्नुभएको आर्थिक सर्वेक्षणमा सेयर बजारस्थिरता उन्मुख रहेको दावी समेत गरिएको छ । सरकारले आउँदो जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । त्यस अघि सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसदमा पेश गर्ने परम्परा रही आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।