निगमको वाइड बडी ‘अन्नपूर्ण’को पहिलो उडान दोहामा, बुधबार राति १० बजे उड्ने

 साउन १५, २०७५ मंगलबार ५:५३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ विमानले बुधबारदेखि व्यावसायिक उडान शुरु गर्ने भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानलाई उडान अनुमति (एओसी) प्रदान गरेपछि निगमले उडान तालिका सार्वजनिक गरेको हो । 

निगमका अनुसार निगमको पहिलो वाइड बडी जहाजले राति १० बजे उडान गर्नेछ । निगमको जहाजले सातामा तीन उडान गर्नेछ । ‘नाइन एन एएलवाई’ कलसाइन दिएको उक्त वाइड बडी ए ३३०–२०० सिरिजको विमानले पुरानो गन्तव्य कतारको राजधानी दोहाबाट आफ्नो पहिलो उडान भर्न लागेको निगमले जनाएको छ । दोहाका लागि निगमको २७४ सिट नै भरिसकेको छ । 

वाइड बडीले भारतको नयाँ दिल्ली परीक्षण उडान ‘पुफिङ फ्लाइट’ गरिसकेको छ । पहिलो वाइड बडी गत असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । 

‘अन्नपूर्ण’ नाम दिइएको यो जहाज गत असार १४ गते काठमाडौँ अवतरण भएको थियो । निगमले वाइड बडी ए ३३०–२२० सिरिजको जहाजमार्फत अन्तर्राष्ट्रिय उडानमा आफ्नो हिस्सा बढाउने लक्ष्य राखेको छ । 

यस्तै निगमको ‘मकालु’ नाम राखिएको वाइड बडी जहाज यही साउन ११ गते काठमाडौँमा अवतरण भइसकेको छ । ‘नाइन एन एएलजेट’ कलसाइनको उक्त जहाज आइसकेको र उडान अनुमतिका लागि तयारी हालतमा छ । बढीमा अबको दुई साताभित्र त्यस्तो अनुमति प्राप्त हुनेछ । 

निगमले नयाँ वाइड बडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ ।

‘अन्नपूर्ण’ दोहा उड्न तयार, १८ हजार रुपैयाँमै दोहोरो टिकट पाइने

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ran a shakya

    Aug. 1, 2018, 12:44 p.m.

    Australia ma pani vaya Ramro hunxa ki

  •  0 Reply

तपाईको प्रतिक्रिया