सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ - विज्ञहरुले कोरोना भाइरस (कोभिड १९) का बारेमा खबरहरु हेर्ने, पढ्ने र सुन्ने समयलाई सीमित गर्न सुझाव दिएका छन् ।
कोरोना फैलिरहेको, थप ज्यान गएको, मानिसहरु भोकै पर्न थालेको जस्ता खबरहरु बारम्बार सुन्दा मानसिक समस्या हुने भन्दै त्यस्ता खबरहरुलाई सीमित पार्न विज्ञहरुले सुझाव दिएका हुन् । यस्तै विज्ञहरुले आफूले पढ्ने सामग्रीका बारेमा विचार गर्न पनि सुझाव दिएका छन् ।
इतिहासका गर्विला कुरा, विभिन्न समस्याबाट पार पाएका उदाहरण, पुर्खाहरुका रोचक कुरा, सफल भएका व्यक्ति, समाज वा देश बारेको सामग्रीका साथै रमाइलो लाग्ने खालका सामग्री हेर्न, सुन्न तथा पढ्न सुझाव दिँदै विज्ञहरुले यो बेला मानसिक स्वास्थ्य ठिक राख्नुपर्ने बताएको बीबीसीले जनाएको छ ।
लकडाउनका कारण घरमै बस्दा र कोरोनाले ल्याएको समस्याबारेमा बारम्बार खबर सुन्नुपर्दा मानसिक स्वास्थ्यमा असर पर्नेतर्फ सचेत रहन बेलायतको ुमाइन्डु नामक मानसिक स्वास्थ्य संस्थाले सुझाव दिएको छ । यस्तै फेसबुक, ट्विटर, यूट्युब लगायतका सामाजिक सञ्जालको प्रयोगलाई पनि धेरै घटाउन विज्ञहरुले सुझाव दिएका छन् ।
यस्तो समयमा हुन सक्ने मानसिक स्वास्थ्यको असरलाई रोक्न चिन्ता बढाउने सामग्री बन्द गर्ने, हात धुने तर अति नगर्न सचेत गराइएको छ ।
साथै अरु मानिससँग सञ्चारको माध्ययमबाट सम्पर्क गरिरहने, धपेडी हुने गरी काम नगर्ने, विश्राम गर्ने, परिस्थितिलाई स्वीकार गर्ने, नबहकिने र वर्तमानमा रमाउने गरेमा मानसिक स्वास्थ्य ठिक राख्न सहयोग पुग्ने विज्ञहरुको सुझाव रहेको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।