साउदीमा कर्फ्यु उल्लङ्घन गरे २० दिन जेल र १० हजार रियाल जरिबाना

 चैत ११, २०७६ मंगलबार १९:२४:३५ | उज्यालो सहकर्मी

काडमाण्डौ – साउदीमा कर्फयु उल्लङ्घन गरे २० दिनसम्म जेल र १० हजार साउदी रियाल जरिबना हुने साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

सोमबारदेखि २१ दिनसम्म साउदीले लगाएको रात्रिकालीन कर्फ्युको समयमा बाहिर नहिँड्न र सुरक्षित रुपमा कोठामै बस्न दूतावासले अनुरोध गरेको छ । साउदी सरकारले बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाएको छ ।

पहिलो दिन नै केही साउदी नागरिक र विदेशी नागरिकहरुले कर्फ्यु उल्लङ्घन गरेका कारण जरिबाना तिर्नु परेको जानकारी राजदूतावासमा प्राप्त भएको भन्दै दूतावासले स्थानीय कानुन र आदेशको पालना गर्न सबैलाई आग्रह गरेको छ ।

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया