बागमती प्रदेशले तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाको...
फागुन २९, २०८१ बिहिबार
काठमाडौं, जेठ १० – शेयर बजार परिसूचक नेप्से आज १० अंकले घटेको छ ।
हिजो ४ दशमलव ५५ अंकले घटेको शेयरबजार आज १० दशमलव ०५ अंकले घटेर १३ सय १८ दशमलव २२ बिन्दुमा आइपुगेको हो । वाणिज्य र उत्पादन बाहेकका सबै समूहको परिसूचक घटेको दिन आज सबैभन्दा धेरै बीमा समूह ६२ दशमलव ३४ बिन्दुमा झरेको छ ।
यस्तै, माइक्रोफाइनान्स झण्डै ३४, विकास बैक १४ दशमलव, जलविद्युत १२ दशमलव ७१ बैकिङ समूह ७ दशमलव ४६ बिन्दुले घटेको छ । आज उत्पादन समूह चाहिँ ११ दशमवल ४ प्रतिशतले बढेको छ । बजार घटे पनि कारोबार रकम भने आज बढेको छ । हिजो २९ करोड रुपैयाँको कारोबार भएको शेयर बजारमा आज ३८ करोड ९ लाखभन्दा धेरेको कारोबार भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ ।
आज सबैभन्दा धेरै कालिका माइक्रोक्रेडिट विकास बैकको शेयर २ करोड ३३ लाख भन्दा धेरैको किनबेच भएको छ । बजार घटे पनि आज जेविल्स फाइनान्सका लगानीकर्ताले ५ प्रतिशत कमाएका छन् भने किसान माइक्रोफाइनान्सका लगानीकर्ताले सवैभन्दा धेरै साढे ५ प्रतिशत सम्पत्ति गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।