विराटनगरको एसएसएस पानी उद्योगमा शिलबन्दी, एउटा उद्योग बाहेक अन्य मापदण्ड बाहिर

 साउन ४, २०७५ शुक्रबार २०:३८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – विराटनगरमा सञ्चालित पानी उद्योगहरु मापदण्ड विपरीत रहेको पाइएको छ ।

प्रदेश एकको सामाजिक विकास मन्त्रालयको नेतृत्वको टोलीले विराटनगरका विभिन्न पानी उद्योगको अनुगमनको क्रममा मापदण्ड विपरित उद्योग संचालन गरेको पाईएको हो । टोलीले शुक्रबार विराटनगरको पाँचवटा पानी उद्योगमा अनुगमनको गरेको हो । 

मन्त्रालयको नेतृत्वमा निस्किएको अनुगमन टोलीले  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट खाद्य अनुज्ञापत्र र मापदण्ड समेत पूरा नगरेको विराटनगरको कोचाखालमा सञ्चालित एसएसएस जल उद्योगमा शिलबन्दी गरेको छ ।

चार वर्षदेखि अनुज्ञापत्र र मापदण्ड समेत पूरा नगरेको पाइएपछि अनुगमन टोलीले त्यो उद्योगमा शिलबन्दी गरेको असामाजिक विकास मन्त्रालयका उपसचिव गोपीप्रसाद घिमिरेले बताउनुभयो ।

एसएसएस जल उद्योगले खाद्यले तोकेको मापदण्ड पूरा  नगरेसम्म  र अनुज्ञापत्र नलिएसम्म त्यो उद्योग शिलबन्दी हुने उहाँले बताउनुभयो ।  

मन्त्रालयको नेतृत्वमा निस्किएको टोलीले विराटनगर – ५,  विशाल चोकमा रहेको शान्ति जल, गंगा यामुना जल उद्योग, गुडलक पानी उद्योग र विराटनगर –५, मा रहेको ग्रेड डे पानी उद्योगमा अनुगमन गरेको थियो ।

अनुगमन गरिएको मध्ये शान्ति जल उद्योगले मात्र खाद्यले तोकेको मापदण्ड पूरा गरेको पाइएको छ भने अन्य तीन वटा उद्योगले समेत खाद्यले तोकेको पूरै मापदण्ड पूरा नगरेको पाइएको उपसचिव घिमिरेले बताउनुभयो । 

मन्त्रालयको नेतृत्वमा निस्किएको अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, उपभोक्तावासी संघसंस्था र सञ्चारकर्मीको उपस्थिति थियो ।

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया