रवि लामिछानेलाई पाेखराबाट काठमाण्डाै ल्याइयाे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - विज्ञान प्रविधिको क्षेत्रमा नयाँ आविष्कार गर्न चाहनेहरुले बनाएका नयाँ-नयाँ उत्पादन प्रदर्शनीका लागि काठमाण्डौमा २ दिने स्टार्टअप इनोभेसन मेला सुरु भएको छ ।
थापागाउँमा रहेको प्रेसिडेन्टियल बिजनेस स्कुलमा चल्ने मेलाको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचीव दिपक सुवेदीले उद्घाटन गर्नुभयो । उहाँले विद्यार्थीले बनाएको नौलो प्रविधिको प्रयोग गरेर मेलाको उद्घाटन गर्नुभयो ।
विद्यार्थीले मोबाइलमा स्विच थिचेर तेलको दियो बल्ने प्रविधि बनाएका थिए । लिभिङ विथ आईसीटी म्याग्जिनको आयोजनामा सुरु भएको मेलामा ५० वटा स्टल छन । मेलामा नयाँ-नयाँ विभिन्न कलेजका विद्यार्थीले बनाएका नयाँ आविष्कार,नेपालीले बनाएका ड्रोन र रोबोटको प्रदर्शनी हुनेछ ।
यस्तै रोबोटको फुटबल पनि मेलामा देखाइने आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रममा लिभिङ विथ आईसीटीका प्रबन्ध निर्देशक राजन लम्सालले नेपालमा विकास भएका नयाँ प्रविधिलाई प्रोत्साहन गर्न आफूहरुले यस्तो मेला गरेको बताउनुभयो ।
यस्तै सञ्चार मन्त्रालयका सचिव दिपक काफ्लेले सरकारले विज्ञान प्रविधिको क्षेत्रमा लगानी बढाइरहेको र यस्ता कामलाई सधैँ सहयोग गर्ने बताउनुभयो । सरकारले डिजिटल नेपालको अवधारणा अघि सारेको र यस्ता मेलाले सरकारको अभियानलाई सहयोग पुग्ने पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।