हात्तीको आक्रमणबाट ज्यान गएपछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्याे
फागुन २९, २०८१ बिहिबार
चितवन – चितवनका कृषकहरुले दुधको मूल्य घटाएकोमा विरोध जनाएका छन ।
चितवन राप्ती नगरपालिकाका अगुवा कृषकहरुले दूधको मूल्य घटाएको विरोधमा शुक्रबार भण्डारास्थित पूर्वपश्चिम राजमार्गमा दूध पोखेर विरोध जनाएका हुन् ।
सरकारी स्वामित्वमा रहेको डीडीसीले असार १५ गतेबाट दूधको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएसँगै अरु निजी डेरीहरुले पनि दूधको मूल्य घटाउने क्रम सुरु गरेपछि त्यहाँका कृषकहरु आक्रोशित भएका हुन् । निजी डेरी उद्योगहरुले समेत दूधको मूल्य घटाएपछि त्यसको विरोधमा उत्रनु परेको राप्ती नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समितिका संयोजक डिल्लीप्रसाद थपलियाले जानकारी दिनुभयो ।
समितिले पटक–पटक दूधको मूल्य घटाउने सरकारको निर्णयले कृषकलाई झनै मारमा पारेको पनि स्पष्ट पारेको छ । विदेशबाट आयातित पाउडरका कारण दुधको मूल्य घटदै गएको केन्द्रीय दुग्ध सहकारी संघका केन्द्रीय सदस्य बालकृष्ण उप्रेतीले बताउनु भयो ।
संघले दूधको मूल्य समायोजन नभए सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी पनि दिँदै आएको छ । चितवनमा दैनिक करिब ४ लाख ७० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये करिब २ लाख ५० हजार लिटर दूध काठमाडाैं, पोखरा, हेटौंडालगायतका सहरमा जाने गरेको पनि उप्रेतीले बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
nabaraj sapkota
July 20, 2018, 8:30 p.m.कृषकका दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दो छ । समान्य विषयमा पनि राम्रै कर तोकिएको छ । त्यो सीमा भित्र कृषक पनि परेका छन् । तर कृषकको मुख्य आयको स्रोतकै मूल्य घटाए पछि कृषकका लागि यो भन्दा ठूलो मार के होला ? सरकारको पछिल्ला कदमले गरिब र धनी बिचको खfडल झनै गहिरो बन्ने पक्का छ ।