नेपालगन्ज भन्सारमा १० अर्ब राजश्व संकलन

 साउन १, २०७५ मंगलबार १७:३६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७४-७५ मा  लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ ।

भन्सार कार्यालयले १० अर्ब २७ करोड २२ लाख रुपैयाँ राजश्व संकलन गरेको सूचना अधिकारी समेत रहनुभएका भन्सार अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७४-७५ का लागि  आठ अर्ब ३७ करोड ६४ लाख ५२ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको थियो  । लक्ष्यको ११७ प्रतिशत राजश्व संकलन गर्न सफल भएको भन्सार अधिकृत श्रेष्ठले बताउनुभयो ।  लक्ष्य भन्दा करिब दुई अर्ब रुपैयाँ बढी राजश्व संकलन भएको 
छ ।

भन्सार कार्यालयका अनुसार गएको आर्थिक वर्षमा साउन र कात्तिक महिनामा मात्रै लक्ष्य भन्दा कम राजश्व संकलन भएको थियो ।

‘भन्सार चोरी पैठारीमा कडाईका साथ नियन्त्रण गरिएको छ’, भन्सार अधिकृत श्रेष्ठले भन्नुभयो, ‘जाँचपास,मुल्यांकन तथा यात्रुहरुले ल्याउने सामानमा कडाई गरिएपछि भन्सारको राजश्व संकलनमा बृद्धि भएको छ ’।   

नेपालगन्ज भन्सारबाट भारतबाट पेट्रोलियम पदार्थ, उद्योगका लागि आवश्यक कच्चा पदार्थ, खाद्यान्नलगायत बढी भन्सार महसुल संकलन हुने सामग्रीहरु भित्रिने गरेका छन् । अन्य भन्सकार कार्यालयहरुमा जस्तै नेपालगञ्ज भन्सारबाट पनि सामान निर्यात भने न्यून मात्रामा हुने गरेको छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया