काठमाण्डौसहित केही ठाउँमा बदली र वर्षा, उडान प्रभावित
फागुन २९, २०८१ बिहिबार
काठमाडौं – शेयरको किनबेचमा स्वचालित विद्युतीय कारोबार प्रणाली लागू भएको छ । धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ लागू गर्दै अब अनलाइनबाटै शेयरको किनबेच गर्न सकिने व्यवस्था गरेको हो । तर, यो प्रणाली लागू भए पनि अहिले नै सम्पूर्ण रुपमा भने कारोबार अनलाइनबाट गर्न सकिंदैन ।
नेप्सेले साउन १ गतेदेखि यो प्रणाली लागू गर्ने पूर्वघोषणा अनुसार लागू भएको तर पूर्ण रुपमा कार्यान्वयनमा जान अझै समय लाग्ने बताएको छ ।
अनलाइनबाट शेयरको कारोबार गर्नका लागि शेयर दलालको कार्यालयबाट युजरनेम र पासवर्ड लिनुपर्छ । सिद्धान्ततः यो युजरनेम र पासवर्डले जहाँ बसेर पनि शेयरको कारोबार गर्न पाउनुपर्ने हो तर अहिले सिष्टमको परिक्षणलगायत कारणले गर्दा ग्राहकले पुरै काम अनलाईनबाट गर्न नसक्ने नेप्सेले जनाएको छ ।
अहिले पनि पुरानै प्रणाली अनुसार किन्ने र बेच्ने अर्डर दिइरहेको र सँगसँगै अनलाईन प्रणालीमा पनि त्यसलाई म्याच गर्ने काम प्रणालीले गरिरहेको लिञ्च स्टक मार्केट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सरिता अधिकारीले जानकारी दिनुभयो ।
अहिले युजरनेम र पासवर्ड लिएका ग्राहकले आफ्नो अर्डर स्वीकार भयो कि भएन ? कुन समयमा भयो लगायतका विवरण भने अनलाईनबाट हेर्न सक्नेछन् । सवै दलाल कार्यालयमा सफ्टवेयर सञ्चालन गर्ने बनाउनै केही दिन लाग्ने र त्यसपछि केही समय सिष्टम र सफ्टवेयरको परिक्षण गरेपछि पूर्णरुपमा कार्यान्वयन हुने बोर्डको भनाई छ । सफ्टवेयर इण्ट्रिग्रेसनको काम भइरहेको छ ।
शेयर कारोबारलाई थप व्यवस्थित, प्रभावकारी र लगानीमैत्री बनाउन तथा विद्युतीय कारोबार प्रणाली लागू गर्न लागिएको बोर्डले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।