बर्दियाको ठाकुरबाबामा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो, ...
फागुन २९, २०८१ बिहिबार
ललितपुर – ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ६१ करोडको बजेट पारित गरेको छ ।
महानगरपालिकाको दोस्रो नगरसभाले महानगरपालिकाको आगामी आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ७२ लाख ८७ हजार बजेट पारित गरेको हो । नगरसभाले पारित गरेको निर्णय सोमबार एक कार्यक्रमका बीच सार्वजनिक गर्दै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बेरुजु फस्र्यौटका लागि महानगरपालिकालाई नगरसभाले निर्देशन दिएको पनि स्पष्ट पार्नुभयो ।
नगरसभाद्वारा पारित महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा चालू आर्थिक वर्षमा पूँजीगत तर्फ ९८ लाख र चालूतर्फ ४९ लाख २० हजार विभिन्न शीर्षकमा रकमान्तर पनि गरिएको पनि उल्लेख गरिएको छ ।
महानगरपालिकाले चालू आर्थिक वर्षको चैत्र भन्दा अगाडि असुल गरेको घर बहाल कर तत्काल फिर्ता गर्न पनि नेपाल सरकारसँग माग गरेको छ । स्थानीय कर नेपाल सरकारले लिन नपाउने व्यवस्था अनुसार चैत्र अगाडि असुल गरिएको घर बहाल कर तत्काल उपलब्ध गराउन सरकारसँग माग गरिएको महानगरपालिकाका मयेर महर्जनले जानकारी दिनुभयो ।
महानगरपालिकाले वडालाई विकासको केन्द्रविन्दु बनाउने अभियान पनि सञ्चालन गर्ने योजना अघि सारेको छ । महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रममा ‘एक घर एक उद्यम’ को अवधारणा पनि अघि सारिएको छ ।
त्यसैगरी महानगरपालिका क्षेत्र भित्रका भूकम्प प्रभावितहरुको लाभग्राहीको नाम सूचिमा समावेश भएका व्यक्तिलाई ३ हजार वर्ग फुटसम्मको क्षेत्रफलको नक्सापास दस्तुर मिनाहा गरिएको पनि मेयर महर्जनले बताउनुभयो । मापदण्ड विपरीत निर्माण भएका भवनहरुलाई पनि करको दायरामा ल्याउने योजना अघि सारिएको छ ।
महानगरपालिकाले खानेपानी व्यवस्थापनका लागि पानी बोरिङको वैज्ञानिक अध्ययन गर्ने निर्णय पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।