डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
लमजुङ - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शैक्षिक संस्थाहरु शैक्षिक बेरोजगारहरु उत्पादन गर्ने कारखानाजस्तै भएको बताउनुभएको छ ।
सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको भक्ति आदर्श बहुमुखी क्याम्पसले आयोजना गरेको शैक्षिक धार्मिक तथा साँस्कृतिक महाहोत्सव एवम् ऐतिहासिक संगीतयम लीलामय श्रीमद्भागवत विराट ज्ञान महायज्ञको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
‘हाम्रा शैक्षिक केन्द्रहरु, शैक्षिक संस्थानहरु, विद्यालय, क्याम्पसहरु शैक्षिक बेरोजगारहरुको उत्पादन गर्ने कारखाना जस्तै भइरहेको छ । यसको अन्त्य नगरी हाम्रो भविष्य उज्यालो छैन’, उहाँले अघि थप्नुभयो, ‘एउटा हातमा प्रमाणपत्र, अर्को हातमा ज्ञान, सीप भएको शिक्षा आवश्यक छ ।’
यसैगरी, उहाँले ५ वर्षभित्रैमा बेरोजगारी समस्या समाधान गर्न नसकिने बताउनुभएको छ ।
‘५ वर्षभित्रैमा बेरोजगारी समस्या समाधान सम्भव छैन । डोनाल्ड ट्रम्प,सी जिनपिङले गर्न नसकेको कुरा नेपालका केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङले गर्न सक्छन् ? सम्भव नै छैन, जनतालाई ढाँट्न हुन्न’, उहाँले थप्नुभयो, ‘हामीले हाम्रो शिक्षा प्रणाली परिवर्तन गर्दै लैजानुपर्छ । बिस्तारै मावि तह, ब्याचलर लेभल र मास्टर्स लेभलमा विद्यार्थीहरुलाई सीपमूलक शिक्षा दिनुका साथै आत्मनिर्भर भई बाँच्न सक्ने, आत्मा विश्वास बढाइदिने काम हामीले गर्नुपर्छ ।’
क्याम्पसको निर्माणाधीन भवनलाई सम्पन्न गरी स्नातोकोत्तर तह सञ्चालन गर्ने, शैक्षिक गुणस्तर वद्धि गर्ने र क्याम्पसलाई कम्पाउण्डिङ गर्ने उद्धेश्यले महायज्ञ सञ्चालन गरिएको क्याम्पसका अध्यक्ष एवम् भक्ति आदर्श बहुमुखी क्याम्पस महायज्ञ मूल आयोजक समारोह समितिका संयोजक धु्रवबहादुर कुवँरले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।