रुस–युक्रेन युद्ध अन्त्यका लागि युक्रेन र अमेरिकाबीच साउदी अरब...
फागुन २७, २०८१ मंगलबार
चितवन – चितवनको पर्यटकीय क्षेत्र सौराहामा वर्षा पछि पर्यटक घटेका छन् । गएका वर्षहरुको तुलनामा वर्षाको समयमा यो वर्ष पर्यटक घटेको पर्यटन व्यवसायीहरुले बताएका छन् । पर्यटक नहुँदा राप्ती नदी किनारमा रहेका रेष्टुरेन्टहरु सुनसान भएका छन् ।
वर्षाको समय भएको, अन्य क्षेत्रमा पनि पर्यटकीय गन्तव्य विस्तार भएको कारण पर्यटक आगमन कम भएको हो । असार महिनाको सुरुवातदेखि घट्दै गएको पर्यटकको संख्या साउन महिनाको पहिलो सातासम्ममा अत्यन्त कम भएको व्यवसायीहरु बताउँछन् ।
सबैभन्दा बढी समूहमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक घटेका छन् । क्षत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले होटलमा १० प्रतिशत मात्र पर्यटक आउने गरेको बताउनुभयो । वर्षाका कारण जंगल र डुङ्गा सफारी सहज नहुने भएकाले पर्यटक घटेको उहाँले बताउनुभयो ।
गत वर्ष वर्षाको समयमा दैनिक १५० पर्यटक गाडीमा आउनेगरेको तथ्यांक भए पनि यो वर्ष दैनिक १ सय पर्यटक पुग्न मुस्किल भएको व्यवसयायीहरु बताउँछन् । ‘आउनै पर्नेहरु आएका छन् , घुमेर मनोरञ्जन लिनेगरी आउने पर्यटक घटेका छन् । चितवन राष्ट्रिय निकुञ्जले असार २१ गतेदेखि जङ्गल सफारी बन्द गरेको छ ।
विसं २०७२ साल अघिसम्म यो मौसममा होटल र रेष्टुरेन्टले मजदुरलाई छुट्टी दिने गरेका थिए । त्यसपछिका वर्षमा बिदा नदीएको भए पनि यो वर्ष केही होटलले पर्यटक निकै कम भएपछि मजदूरलाई सहमतिमा बिदा दिइरहेको रेष्टुरेन्ट एण्ड बार एसोसियसन सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताउनुभयो ।
सौराहामा ५६ वटा रेष्टुरेण्ट रहेक छन् । राप्ती नदीको किनारमा रहेको ८ वटा रेष्टुरेण्ट बाढी बढेका कारणले अहिले समाग्री हटाएर बसेका छन् । दुई वर्षअघि वर्षाले सौराहाका अधिकांश होटल डुबानमा परेपछि पर्यटकको उद्धार गर्नुपरेको थियो ।
सौराहामा १ सय १० वटा पर्यटकीय होटल रहेका छन् । यी होटलहरुमा २ हजार ७ सय ५० जना पर्यटक बस्न सक्ने क्षमता रहेको छ । सौराहामा ५६ ओटा रेष्टुरेन्ट पनि रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।