वीरगञ्ज महानगरपालिकाकाे बजेट : 'उज्यालाे र हरित वीरगञ्ज' कार्यक्रमलाई प्राथमिकता

 असार ९, २०७६ सोमबार १९:५२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे - वीरगञ्ज महानगरपालिका

पर्सा -  वीरगञ्ज महानगरपालिकाले पाँचौँ आउँदाे आर्थिक वर्ष २०७६-०७७ को लागि ४ अर्ब ४८ करोडको बजेट प्रस्तुत गरेको छ ।

महानगरपालिकाका मेयर विजयकुमार सरावगीले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४८ करोड १३ लाख ४८ हजार ८ सय ७९ को बजेट प्रस्तुत गर्नुभएको हो।

आउँदाे आर्थिक वर्षको नीति कार्यक्रममा सडक,आधारभूत स्वास्थ्य र शिक्षालाई बढी महत्व दिइएको छ । सडक पूर्वाधारहरुको विकास तथा स्तरोन्नति, आधारभूत तथा माध्यमिक शिक्षा र त्यसको गुणस्तर सुधार, आधारभूत स्वास्थ्य, खोप र पोषण, स्वच्छ खानेपानी, ढल तथा सरसफाइ, कृषि, सिँचाइ, पशुपालन र पर्यटन, युवा तथा खेलकुदको विकास, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सुशासन र सेवा प्रवाह, अधुरा आयोजनाहरुको कार्यान्वयन, उज्यालो वीरगञ्ज अभियान, हरित वीरगञ्ज अभियान, प्लाष्टिक तथा ध्वनी प्रदूषणमुक्त वीरगञ्जजस्ता विषयलाई  प्राथामिकता दिइएको छ  ।

महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि एकीकृत सम्पत्ति कर हटाएको छ ।  घर र घरले चर्चेको बढीमा दुई गुणा जग्गामा सम्पति कर र खालि जग्गामा भूमि कर (मालपोत) लगाइने भएको छ । महानगरले घर बहाल कर  पनि घटाएकाे छ  । घर बहाल कर १२ प्रतिशत लाग्दै आएकोमा आगामी आर्थिक वर्षदेखि १० प्रतिशत मात्र लिइने भएको छ ।  व्यवसाय करलाई समसामयिक बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।  हालसम्म दर्ता नभएका तथा दर्ता भएका तर नवीकरण नभएका व्यवसायका लागि २०७६ असोजभित्र दर्ता हुन आउनेलाई विगत ३ वर्षको व्यवसाय कर मात्र लिई जरिबानामा छुट गर्ने जनाएको छ ।

त्यस्तै सवारी व्यवस्थापन शुल्क यथावत कायम गर्दै निजी सवारी साधनमा पटके शुल्क हटाइएको छ । गैरसरकारी संघ संस्थाहरुलाई लगाइँदै आएको व्यवसाय कर ३ हजार खारेज गरी सूचीकृत शुल्क मात्र लिइने महानगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया