अफगानिस्तानमा असिना पानीका कारण २९ जनाको ज्यान गयो
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ – एक युट्यूबमा च्यानलमा विवादास्पद अन्तर्वार्ता दिएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा निलम्बनमा पर्नु भएको छ ।
केही समयअघि एक युट्यूब च्यानलमा अन्तर्वार्ता दिने क्रममा पाइलट लामाले आफू मानसिक तथा शारीरिक तनावमा रहने र राम्रोसँग निद्रा पनि नलाग्ने बताउनुभएको थियो ।
सार्वजनिक मिडियामा नेपाल वायुसेवा निगमको आन्तरिक विषय सार्वजनिक गरेको र यात्रुको सुरक्षामा ध्यान नदिएको भन्दै पाइलट लामाबारे छानबिन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणले छानबिन समिति गठन गरेको थियो ।
पाइलट लामाले उडानका क्रममा आफू शारीरिक र मानसिक रुपमा तनावमा रहने अन्तर्वार्ता दिएकाले उहाँको उडानका क्रममा यात्रुले सुरक्षित महसुस गर्न नसक्ने भन्दै प्राधिकरणले उहाँलाई बर्खास्तको लागि नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । शुक्रबार बसेको क्यानको बैठकले लामालाई तत्कालका लागि निलम्बन गर्न निर्देशन दिएको प्राधिकरणका एक कर्मचारीले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
‘उहाँ नेपाल वायुसेवा निगमका प्रवक्ता पनि हुनुहुने रहेछ, प्रवक्ताले नै एअरलाइन्सको बारेमा निकै नकारात्मक धारणा राखेको पाइयो, त्यसमाथि यात्रुको सुरक्षामा गम्भीर लापर्वाही गरेको देखिएकोले उहाँलाई हटाउन निगमलाई निर्देशन दिएका हौँ’, प्राधिकरणका एक अधिकारीले भने ।
पाइलट लामालाई प्रवक्ताको पदमा रहुञ्जेल जहाज नउडाउन र उहाँले अन्तर्राष्ट्रिय नागरिक उडड्यनसँग सम्बन्धित केही नियम नजानेकाले नियम सिकाउन पनि निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।
Sara
April 29, 2019, 9:12 p.m.ज्योतिषले भनेको ठीकै रहेछ, २०७६ साल नेपालको लागि भारी छ भनेर/गणतन्त्र भनेको त खतरा रहेछ / भित्रको कालो कुरा बाहिर आए पछि त यस्तो हुन्छा नि / Right man in wrong place. जय नेपाल /
dhama paudyal
April 29, 2019, 7:20 p.m.अब चाही साच्चै नेपालमा पोल पोटे क्रुर सासन आए जस्तो छ । पोल पोटले पनि वकिल, शिक्षिक , जस्ता बुद्धिजिबीलाई खोजी खोजी निलम्वन गरी पछी पछी नियन्त्रणमा लिएर सामुहिक हत्या गरेको थियो ।