सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
रुकुम – स्थानीय सरकारबाट जनताले सेवा नपाएको ब्यापक गुनासोपछि मंगलबार सदरमुकामबाट गएको जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारीसहितको टोलीले जिल्लाको सानी भेरी गाउँपालिका सुनसान भेट्टाए । कार्यालय समयमै केही पत्रकार र समन्वय समितिका सदस्यसहित पुगेको टोली गाउँपालिका पुग्दा सेवा लिन आएका केही सर्वसाधारण अलपत्र थिए ।
अधिकार सम्पन्न मानिएको स्थानीय सरकारले यसरी गाउँपालिका रित्तो पार्नुको कारण थियो, दार्जिलिङ भ्रमण । गएको चैत ३० गते भ्रमणमा निस्केको गाउँपालिकाको टोली मंगलबार बेलुकासम्म पनि फर्किएको छैन ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित १८ जना जनप्रतिनिधि तथा कर्मचारी सबै सेवा ठप्प पारेर चैत्र ३० गतेदेखि भ्रमणमा निस्केका छन् ।
को–को छन् भ्रमणमा ?
गाउँपालिकाको सेवाप्रवाहलाई नै ठप्प बनाएर गाउँपालिका अध्यक्ष नरबहादुर पुन, उपाध्यक्ष इन्दिरा ओली, प्रमुख प्रशासकीय अधिकृत कुमारी रीमा मल्लसहित १८ जना जनप्रतिनिधि तथा कर्मचारी भ्रमणमा निस्केका छन् ।
कार्यपालिका सदस्य वीरसिंह विक, वडा नम्बर ७ का वडाध्यक्ष कुलवहादुर बुढाथोकी, गाउँपालिकाका सह–लेखापाल कविन्द्र पुन, गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा संयोजक भुपालसिंह विष्ट, नायब सुब्बाहरु खिमप्रकाश शाह र मिनाराम केसी, आईटी अफिसर नवीन चौधरी, इन्जिनियर मोहनकुमार ओली र सव इन्जिनियर गगनसिंह ओली रहेका छन् ।
त्यस्तै, सहायक महिला विकास निरीक्षक लीला शर्मा, कम्प्युटर अपरेटर रुपक पुन, वडा नम्बर १ की सचिव शारदा चौधरी पुन, नगर प्रहरीहरु गीता खड्का र वेगमा ओली पनि भ्रमणमा निस्किएका छन् । जनप्रतिनिधि तथा कर्मचारी मात्र होइन उनीहरुका छोराछोरी र श्रीमान, श्रीमती पनि गाउँपालिकाको खर्चमा भ्रमणमा छन् ।
अहिले गाउँपालिकामा असिष्टेन्ट सव इञ्जिनियर रुद्रगोपालडाँगी, काशिराम खत्री, वीरवहादुर पुन, पोषण सहजकर्ता सरस्वति विक, नगर प्रहरीहरु बालकृष्ण नकाल, शंकर रोका र जोखबहादुर पुन तथा कार्यालय सहयोगि शेरबहादुर कामी र टीकाराम पुन मात्र रहेका छन् । उनीहरु पनि धेरै जसो फिल्डमा छन् । मंगलबार असिष्टेन्ट सव इन्जिनियर डाँगीसहित केही कर्मचारी र कार्यालय सहयोगीमात्र गाउँपालिका कार्यालयमा भेटिएका थिए ।
भ्रमणको न निर्णय छ, न जानकारी नै– प्रमुख शर्मा
सेवाग्राहीको गुनासो आएपछि मंगलबार जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले गाउँपालिका कार्यालयको अनुगमन गरेका छन् । अनुगमनको क्रममा गाउँपालिका कार्यालयका कर्मचारी र जनप्रतिनिधिहरुको ठूलो समूह भ्रमणमा निस्किएको भेटिएको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताउनुभयो ।
‘गाउँपालिका नै खाली गरेर भ्रमणमा निस्किएको पाइयो, गाउँपालिकाको सेवा प्रवाह केही दिनदेखि ठप्प नै रहेछ ’ प्रमुख शर्माले भन्नुभयो, ‘ठूलो संख्यामा कर्मचारी र जनप्रतिनिधि भ्रमणमा निस्किदा न कतै निर्णयको कागज छ न कुनै जानकारी ।’
कार्यालयमा हाजिरी रजिष्टरसमेत भेटिएन – प्रमुख जिल्ला अधिकारी
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले गाउँपालिकामा यो वर्षको हाजिरी रजिष्टर समेत नभेटिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रेग्मीले गाउँपालिकाको अघिल्लो वर्षको हाजिरी रजिष्टर भेटाएर आफूले नै ज्लिला लिएर गएको बताउनुभयो । उहाँले भन्नुभयो ‘जनप्रतिनिधिले आफू कतै जाँदा अर्को व्यक्तिलाई निमित्त तथा कार्यवहाक तोक्नुपर्ने भए पनि कसैलाई पनि लिखित रुपमा जिम्मेवारी तोकिएको छैन ।’
रित्तो हात फर्कँदै सेवाग्राही
गाउँपालिका नै रित्तो बनाएर जनप्रतिनिधि र कर्मचारी भ्रमणमानिस्किएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । बुढेसकालमा सकि नसकि दुई अपांग नाति नातिनालाई बोकेर गाउँपालिका पुगेकी सानीभेरी गाउँपालिका वडा नम्बर ३ की लीला गुरुङले सेवा पाउनुभएन । उहाँले आफ्ना दुई नाति नातिनाको अपांगता परिचय पत्र बनाउन गाउँपालिका कार्यालयमा आउनुभएको थियो ।
उहाँ जस्तै गाउँपालिकामा सेवा लिन आउनेहरु सबै रित्तो हात घर फर्किन बाध्य छन् । यसका साथै नियमित सेवा प्रवाहसहित हरेक महिनाको ३ गते हुने अपांगता परिचयपत्र वितरण हुन सकेको छैन भने भ्रमणकै कारण चैत मसान्तसम्म प्रकाशन भैसक्नुपर्ने कक्षा ८ को नतिजा अझै पनि सार्वजनिक भएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।