रवि लामिछानेलाई पाेखराबाट काठमाण्डाै ल्याइयाे
मंसिर १३, २०८१ बिहिबार
भारतको दक्षिणी क्षेत्रमा एक किशोरले पबजी खेलका कारण आत्महत्या गरेका छन् । पबजीकाे लत लागेका ती किशोरलाई पबजी नखेल्न भन्दै उनकी आमाले गाली गरेकी थिइन् । आमाको गालीपछि ती किशोरले आत्महत्या गरेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । किशोरको आत्महत्यासँगै पबजी खेललाई प्रतिबन्ध लगाउनेबारे राष्ट्रिय बहस चलेको छ ।
१६ वर्षीय किशाेर कालाकुरी शाम्बाशिवका बाबुले प्लेयर अननोन्स ब्याटल ग्राउण्ड्स (पबजी) प्रतिबन्ध लगाउन माग गरेका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतक किशोरले अङ्ग्रेजी परीक्षाको तयारी गर्न छोडेर पबजी खेलेर समय बर्बाद गरिरहेका थिए र उनकी आमाले गाली गरेकी थिइन् । आमाले गाली गरेपछि ती किशोरले हैदराबादमा रहेकाे आफ्नै घरमा रहेको 'सिलिङ फ्यान'मा झुण्डेर आत्महत्या गरेका हुन् ।
गुजरातमा PUBG खेल्ने १० जना पक्राउ !
अधिकांश भारतीय अभिभावकहरु आफ्नो सन्ततिको भविष्यलाई लिएर निकै चिन्तित हुन्छन् । उनीहरु आफ्ना सन्ततिको शिक्षासम्बन्धी क्षेत्रमा ध्यान केन्द्रित गर्न वयस्कमा पनि उनीहरुकै साथ रहने गर्दछन् ।
पबजीलाई प्रतिबन्ध लगाउनपर्छ भनेर समर्थन गर्नेहरु यो एक घातक खेल भएको स्वीकार्छन् । गएको मार्चमा महाराष्ट्र राज्यको रेलको लिक छेउमा बसेर पब्जी खेल्दै गर्दा विपरीत दिशाबाट आएको ट्रेनले धक्का दिँदा दुई पुरुषले ज्यान गुमाएको भारतको समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डियाले बताएको छ ।
लगातार ४५ दिनसम्म PUBG खेल्दा एक युवकको मृत्यु
पब्जी दक्षिण कोरियाको कम्पनीले विकसित गरेको आनलाइन खेल हो, जसमा खेलाडीहरुलाई एक द्वीपमा लगेर छोडिन्छ र एकअर्कालाई खत्तम गर्नुपर्ने हुन्छ । यो खेल सन् २०१७ मा सुरु भएको थियो । गएको डिसेम्बरसम्म यसलाई २ सय मिलियनले डाउनलोड गरेका छन् ।
मध्य भारतीय राज्य गुजरातको केही शहरमा यो खेलमा यसअघि नै प्रतिबन्ध लगाइएको छ । धेरै विद्यार्थीहरुलाइै हिंस्रक र स्कुल जानबाट विमुख गरेको भन्दै पबजीलाई प्रतिबन्ध लगाइएको थियो । त्यसपछि गुजरातका दर्जनौँ युवालाई प्रतिबन्धको उल्लंघन गरेको भन्दै गिरफ्तार गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
ram
April 7, 2019, 12:18 p.m.I hate pubg