नेपाल वायुसेवा निगमले ल्यायो पहिलोपटक वाइडबडी विमान

 असार १४, २०७५ बिहीबार १०:३४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल वायुसेवा निगमले पहिलोपटक वाइडबडी ‘ए ३३०–२००’ सिरिज नामको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ ।

नयाँ विमानको नाम ‘अन्नपूर्ण’ नाम राखिएको छ । निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो ।

त्रिभुवन विमानस्थलमा विमानलाई पानीको फोहोरासमेत दिएर स्वागत गरिएको छ ।

विमान फ्रान्सको तुलुजुबाट ९ घण्टाको उडानपछि काठमाडौं आइपुगेको नेपाल वायु सेवा निगमले जनाएको छ । दुईवटा खरिद गरिएको मध्ये दोस्रो विमान डेढ महिना पछि आउने निगमले जानकारी दिएको छ ।

नेपाल वायु सेवा निगमले यी दुई वाइडबडी जहाज किन्न करिब २२ अर्ब रुपैयाँ खर्च गरेको छ । त्यसका लागि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको छ ।

नयाँ जहाजमा सांग्रिला क्लासका १८ र साधारण क्लासका  २ सय ५६ सिट रहेका छन् । 

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया