लगानी बोर्ड नेपाल खारेज गर्न सांसद सुवालको माग

 असार १२, २०७५ मंगलबार १३:३५:५१ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल मजदुर किसान पार्टीले लगानी बोर्ड नेपाल खारेज गर्न सरकारसँग माग गरेको छ । 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेस सुवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहेको लगानी बोर्ड नेपाल खारेज माग गर्नु भएको हो । विदेशीलाई श्रम र मुनाफा दिने नियतका साथ काम गरिरहेको लगानी बोर्ड नेपालका लागि उपयुक्त नदेखिएकाले तत्काल खारेज गर्न माग गर्नु परेको सांसद सुवालको तर्क छ । मंगलबार प्रतिनिधिसभामा विनियोजन बजेट अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले लगानी बोर्डले स्वदेशी लगानीलाई भन्दा विदेशी लगानीलाई जोड दिने गरेकोमा पनि आपत्ति जनाउनुभयो । 

सांसद सुवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सार्वजनिक निर्माण तथा अनुगमनको काममा पूर्णतः असफल भएको दावी समेत गर्नुभयो । उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले भ्रष्टाचार अन्त्य गरेर मुलुकमा सुशासन बहाल गर्न नसकेको गम्भीर आरोप समेत लगाउनुभयो ।

सांसद सुवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको औचित्य पुष्टि गरेर देखाउन पनि प्रधानमन्त्री केपी ओलीलाई चुनौति दिनुभयो । प्राधिकरणले पुनर्निर्माणको कामलाई गति नदिएकोमा सांसद सुवालको आक्रोश छ । उहाँले पुनर्निर्माणको काम १० प्रतिशत पनि सम्पन्न नगर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको औचित्य नरहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया