८२ वटा क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध निर्वाचित
फागुन २८, २०८१ बुधबार
काठमाण्डौ – सरकारले माघ महिनामा विभिन्न व्यक्तिको उपचार खर्च, सहायता र वैदेशिक भ्रमणमा डेढ करोड रुपैयाँ खर्च गरेको छ । सरकारले विभिन्न मन्त्रीको विदेश भ्रमण, उपचार गराइरहेका व्यक्तिको खर्च र आर्थिक सहायताको नाममा माघ महिनामा मात्रै १ करोड ५४ लाख २१ हजार रुपैयाँ वितरण गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेकपाका कार्यकर्तासँगको झडपमा गोली लागि ज्यान गुमाएका सर्लाहीका रामविलास महतोको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिएको छ । यस्तै पूर्वराष्ट्रपति डा. रामवरण यादवको उपचारको लागि २ लाख रुपैयाँ दिइएको छ ।
यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणको लागि २६ लाख ४१ हजार, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको यूएई भ्रमणको लागि ५ लाख ५६ हजार, अर्थ मन्त्रालयका कर्मचारीको विदेश भ्रमणमा ३७ लाख ५ हजार, खेलकुदमन्त्री जगत विश्वकर्माको भारत भ्रमणको लागि १ लाख ९० हजार र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको भारत भ्रमणको लागि २ लाख ४२ हजार रुपैयाँ दिइएको छ ।
अर्थ मन्त्रालयका अनुसार गुल्मीका थानेश्वर ज्ञवाली र उदयपुरका खड्क आलेलाई उपचार खर्चको लागि जनही ५ लाख रुपैयाँ दिइएको छ । यस्तै मदनमणि दीक्षितलाई ७ लाख रुपैयाँ उपचार सहयोग दिइएको छ ।
सरकारले माघ महिनामा ९ अर्ब रुपैयाँभन्दा धेरै रकमान्तर गरेको छ । सरकारले एउटा प्रयोजनको लागि छुट्याइएको रकम अर्कै प्रयोजनको लागि खर्च गर्न ९ अर्ब २९ करोड ४० लाख रुपैयाँ रकमान्तर गरेको हो ।
अर्थ मन्त्रालयका अनुसार दक्षिण एसियाली पर्यटन विकास पूर्वाधार आयोजनाको शेयरको लागि ४ अर्ब रुपैयाँ रकमान्तर गरेको छ ।
यस्तै मध्यपहाडी लोकमार्गको लागि थप २ अर्ब रुपैयाँ छुट्याइएको छ । गोरखकाली रबर उद्योगमा ऋण लगानीका लागि ३० करोड रुपैयाँ दिइएको छ । नेपाल प्रहरीको लागि कार्गेड मोटरसाइकल खरिदको लागि १३ करोड ९७ लाख रुपैयाँ रकमान्तर गरिएको छ ।
यस्तै भरतपुर–रामपुर–मेघौली सडकको लागि ५ करोड ७७ लाख रुपैयाँ रकमान्तर गरिएको छ । यस्तै कालिगण्डकी करिडोरको लागि थप ३५ करोड रुपैयाँ, बागमती सुधार आयोजनाको लागि १८ करोड, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीलाई प्रोत्साहन भत्ताको लागि ५ करोड रुपैयाँ रकमान्तर गरिएको छ ।
मैलुङ–स्याप्रुवेसी– रसुवागढी सडकको मुआब्जाको लागि ५० करोड, हुलाकी राजमार्गका पूल बनाउन ५० करोड, भैपरी आउने विकास कार्यक्रमको लागि १ अर्ब रुपैयाँ रकमान्तर गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।