८२ वटा क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध निर्वाचित
फागुन २८, २०८१ बुधबार
काठमाण्डौ – श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मरुभूमिलाई हरियालीमा बदल्ने नेपाली युवाहरुको पौरखी हात मातृभूमिको विकासमा उपयोग हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । यो कार्यक्रम सित्तैमा पैसा बाँड्ने कार्यक्रम हुने हो कि भन्ने संशय बाहिर रहेको भन्दै उहाँले त्यस्तो संशय नराख्न आग्रह गर्नुभयो ।
रोजगारी प्राप्त गर्न नसकेको अवस्थामा मात्रै यो सुविधा पाइने पनि मन्त्री विष्टले स्पष्ट पार्नुभयो । बिनाकाम सबै बेरोजगारलाई भत्ता बाँड्न नहुने बताउँदै सरकार, निजी र सहकारीको सहकार्यमा मात्रै बेरोजगारी समस्याको अन्त्य हुने पनि मन्त्री विष्टले बताउनुभयो ।
मन्त्री विष्टले विदेशमा रहेका नेपाली श्रमिकलाई स्वदेशमै फर्काउने सरकारको अभियान रहेको बताउँदै भन्नुभयो, ‘श्रम शक्तिको अभावमा गाउँघरका घेतबारी बाँझै छ । कयौँ स्थानमा श्रमिकको अभाव छ । हाम्रा युवाहरुलाई स्वदेशमा नै रोजगार दिने गरी काम गर्ने नीति नभएको र श्रमलाई सम्मान गर्ने व्यवस्था नहुँदा यस्तो अवस्था आएको हो ।’
मन्त्री विष्टले तथ्यांकलाई अध्यावधिक गर्दै आवश्यक सीप र दक्षताका माध्यमबाट रोजगारी दिने बताउनुभयो ।
निश्चित आम्दानी हुने गरी स्वरोजगारमा आउन नसकेकालाई सार्वजनिक निर्माण र सार्वजनिक काममा लगाई एक सय दिनको रोजगारी सुनिश्चित गरिने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम : स्थानीय तहमा रोजगारीका सम्भावित क्षेत्र
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।